काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी ओलीले कालाबजारी नियन्त्रण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघका प्रतिनिधिको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले नाकाबन्दी नरहेको बेला पनि इन्धन र ग्यासको आपूर्ति असहज हुने कुरा सरकारलाई सैह्य नहुने बताउनुभयो । ओलीले भन्नुभयो, ‘कालोबजारी गर्ने एकएकलाई कारबाही गर्छु ।’
ओलीले तस्करी र कालाबजारी नियन्त्रणका लागि सरोकारवालाहरुसंग छलफल गरिरहेको बताउनुभएको छ । सरकारले तस्करीलाई प्रश्रय दिने विरुद्धको कानुन परिवर्तन गरेका हल्ला गलत भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनै पनि कानुन परिवर्तन र अध्यादेश जारी गर्नुपर्दा नेपाली कांग्रेससंग परामर्श गरिनेछ ।’
पुनःनिर्माणको काम चुनौतिपूर्ण भएपनि त्यसलाई सम्पन्न गर्ने जिम्मेवारीबाट सरकार नभाग्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
वर्षायाम अगावै भूकम्प पीडितहरुलाई सुरक्षित बसोबासका लागि सरकार प्रयासरत रहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment