Saturday, April 2, 2016

फ्रि टिकट र भिसाको प्रावधान हटाउन यसरी भयो ठूलो चलखेल

काठमाडौं, २१ चैत । वैदेशिक रोजगार व्यवसायीको दबाबमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान हटाउने तयारी गरेको छ ।

व्यवसायीसँगको वार्तामा श्रम तथा रोजगार मन्त्रालय लचिलो हुँदै गएको र पर्याप्त सेवा शुल्क लिन पाउने छुट केही दिनभित्र दिने स्थितिमा पुगेको स्रोतले बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ‘फ्रि भिसा फ्रि टिकट’ शव्द यथावत् राख्दै सेवा शुल्कका नाममा कामदारसँग एक महिनाको तलब वा ४ सय अमेरिकी डलरमध्ये जुन कम हुन्छ, त्यही लिन पाउने प्रावधान प्रस्ताव गरेको छ ।

स्रोतका अनुसार मन्त्रालयले घुमाउरोपाराले यसलाई स्वीकार्ने मनस्थिति बनाएको छ ।

सरकारबाट सकारात्मक निर्णय हुने संकेत पाएपछि शुक्रवारबाट संघले पूर्वस्वीकृति लिने काम खुला गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालले सरकारले वार्तामा बोलाएको र लचकता अपनाएका कारण पूर्वस्वीकृतिका हकमा काम सुचारु गर्न थालिएको बताए ।

अघिल्ला सरकारका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले निर्णय गरेको फ्रि भिसा फ्रि टिकटको नियम गत असार २१ देखि लागू भएपछि व्यवसायीहरु आक्रोशित हुँदै आएका छन् ।

मलेसिया, कतार, यूएई, बहराइन, ओमन, कुबेत र साउदी अरबका हकमा यस्तो नियम लगाइएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment