४ चैत, इटहरी । नेपाल तथा भारतको खुला सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा अन्य मावनता विरोधी कार्य नियन्त्रणका लागि स्थानीय तहबाट नियन्त्रणका लागि गरिने छलफल र प्रयाससम्बन्धी नीति तयार गर्ने विषयमा भारत विहारको सुपौल जिल्लामा नेपाली र भारतीय स्थानीय प्रशासनको संयुक्त बैठक सम्पन्न भएकाे छ ।
बैठकले सीमा क्षेत्रमा हुने सबैखाले आपराधिक गतिविधिसँगै महिला ओसारपसार नियन्त्रण गर्न दुवै देशका स्थानीय प्रहरी तथा प्रशासनबीच निरन्तर संवाद र सञ्चारसम्पर्क स्थापित गरेर त्यस्ता आपराधिक कार्य रोक्ने सहमति भएको छ ।
बैठकमा सहभागी भएका सुनसरी जिल्लाका प्रमूख जिल्ला अधिकारी मोहन चापागार्इंका अनुसार आगामी अप्रिल २४ देखि सुरु हुने विहार ग्राम पञ्चायतको निर्वाचनमा अवाञ्छित कार्य हुन नदिनका लागि सीमा सिल गर्ने विषयमा पनि सहमति भएको छ ।
त्यसैगरी, सीमा क्षेत्रमा देखिने शङ्कास्पद अवस्थाका मानिसलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने र आपराधिक कार्यमा संलग्न भएको पुष्टि भएको अवस्थामा कार्वाही चलाउन पनि सहमति भएको प्रजिअ चापागाईंले जानकारी दिए ।
सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार, भन्सार छली गर्ने गिरोह तथा कुनै पनि आपराधिक कार्य गर्ने जो कोही भए पनि त्यस्ता मानिसप्रति दुवै देशको स्थानीय प्रशासनले निरन्तर सम्पर्क स्थापित गरेर अपराधलाई रोक्ने प्रयास गर्ने पनि सहमति भएको प्रजिअ चापागाईंले जानकारी दिए ।
सप्तरी जिल्लाका प्रजिअ बलदेव गौतम तथा प्रहरी प्रमखलगायत र सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेल, भूमिसुधार प्रमुख, भन्सार प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा भारत विहारको सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्टेट वैद्यनाथ यादवलगायत सम्बन्धित सरोकार राख्ने कार्यालयका प्रमुखको बैठकमा सहभागिता रहेको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment