Wednesday, March 16, 2016

अनेरास्ववियूद्वारा आयल निगमविरुद्ध अख्तियारमा उजूरी

चैत्र ३, २०७२- निर्णय गरी विराट पेट्रोलियमलाई बजार मूल्यभन्दा ३० रुपैयाँ बढी मूल्यमा पेट्रोल बिक्री गर्ने अनुमति दिएको भन्दै एमाले भ्रातृ संगठन अनेरास्ववियुले नेपाल आयल निगमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दर्ता गरेको छ ।

गत बिहीबार निगमले विराट पेट्रोलियमलाई १ एसय २९ रुपैयाँ प्रतिलिटर मूल्यमा पेट्रोल बिक्री गर्ने अनुमति दिएको थियो । निगमले हाल ९९ रुपैयाँ प्रतिलिटर मूल्यमा तेल बिक्री गरिरहेको छ ।

उजूरीमा अख्तियार मिचेर ३० रुपैयाँ बढीमा निजी कम्पनीलाई तेल बिक्री गर्ने अधिकार दिने निगमका सम्बन्धित अधिकारीलाई पक्राउ गरी कारवाही गर्नुपर्ने उल्लेख गरिएको अनेरास्ववियु उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।

अनेरास्ववियुको एक टोली आज अख्तियार पुगेर उजूरी दर्ता गराएको हो ।

३० रुपैयाँ बढी मूल्यमा तेल बिक्री गरेकोमा चर्को विरोध भएपछि विराट पेट्रोलियमले आइतबारदेखि ९९ रुपैयाँमै तेल बिक्री सुरु गरेको छ । उसले राजधानीको तीन पेट्रोल पम्पमार्फत तेल बिक्री गरिरहेको छ ।v


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment