Wednesday, March 16, 2016

ल्हारक्यालले किन लिए भारतीय नागरिकको नाम ?

काठमाडौं, ४ चैत । विवादास्पद सांसद ल्हारक्याल लामा गोलीसहित पक्राउ परेको घटनाले प्रहरीलाई टाउको दुखाईको विषय बनेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुतमा छानविन गरिरहेका लामाको नेपाल इन्भेस्टमेन्ट बैंकको लकरमा १४ राउन्ड गोली फेला परेपछि अख्तियारले प्रहरीलाई छानविनका लागि जिम्मा लगाएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

लामालाई उक्त गोलीमा लाग्ने हतियार कहाँ छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्दा केही नखुलेपछि उनलाई पोलिग्राफ परीक्षणका लागि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग पु-याइएको थियो ।

लामाको पोलिग्राफ परीक्षणको सबै तयारी सकिए पनि पोलिग्राफ परीक्षण निर्देशिकाअनुसार प्रहरीले अनुमति माग्दा उनले स्वीकार नगरेपछि प्रहरीले हैरानी खेप्नु परेको छ ।

लामाले प्रारम्भिक बयानमा भारत बस्ने एक मित्रले दिएको सामान आफूले बैंकको लकरमा राखेको दाबी गरेका थिए । भारतमा बस्ने एक परिचितले दिएको दाबी गरे पनि प्रहरीको पोलिग्राफ परीक्षण प्रस्ताव भने अस्वीकार गरेर घटनालाई अन्यत्रै मोड्न खोजिरहेका छन् ।

प्रहरी अनुसन्धान स्रोतका अनुसार लामाले विदेशी नागरिकको नाम लिएर अनुसन्धानलाई अप्ठेरो बनाउन खोजेका छन् ।

तर, लामाले भारतीय नागरिकको नाम लिएपनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी स्रोत बताउँछ । भारतीय नागरिकलाई नेपाल झिकाइ अनुसन्धान गर्न प्रहरीलाई कठिनाई हुने देखेर नै लामाले चोखिनका लागि विदेशी नागरिको नाम लिएको प्रहरीको बुझाई छ ।

तर, लामाले जति चलाखी गरेपनि प्रहरीले उन्मुक्ति नदिने बुझिएको छ । अख्तियारले मंगलबार ल्हारक्यालको स्ट्यान्डर्ड चार्टर्ड बैंक लाजिम्पाटमा रहेको लकरसमेत जाँच गरेको थियो ।

अख्तियार टोलीले ल्हारक्यालसहित प्रहरी र बैंकको प्रतिनिधि राखेर लकर खोलेको थियो । सो लकर उनले २०१४ जुलाईमा खोलेका थिए । १५ सी नम्बरको उक्त लकरमा भने केही फेला परेन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment