३ चैत, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा खेलाउन दुई शर्त राखेको छ ।
नेपाल र नामिबियावीच आगामी वैशाख ४ र ६ (अप्रिल १६ र १८ तारिख) मा काठमाण्डौको कीर्तिपुर मैदानमा खेल हुने पहिले नै तय भएको थियो । तर, हालैका दिनमा नेपाल क्रिकेट संघमा देखिएको बिबादपछि आईसीसीले खेल दिल्लीको ग्रेटर नोयडामा सर्न सक्ने संकेत दिएको थियो ।
आईसीसीले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गर्न आफ्ना शर्तहरु जानकारी गराएको छ ।
यी शर्त पुरा भए कीर्तिपुुरमा खेल खेलाउने र शर्त पुरा नभए नेपाल बाहिर गर्ने आईसीसीले बताएको छ । बुधबार एक बिज्ञप्ति जारी गर्दै आइसीसीले मैदानको अबस्था र सुरक्षा प्रबन्धबारे आश्वस्त भएपछि मात्र कीर्तिपुरमा खेलाउन सकिने बताएको छ ।
नेपाल क्रिकेट संघ क्यानको आधिकारिकता विवाद रहेको भन्दै आईसीसीले राखेपले बनाएको तदर्थ समिति र निर्वाचित क्यानको सहमति र राखेपको सहयोगमा काम गर्ने बताएको छ ।
नेपाली प्रशिक्षक र कप्तानसमेत सम्मिलित एक स्वतन्त्र छनोट समिति बनाइ नामिबियाविरुद्ध खेल्ने नेपाली टिमको छनौट गर्नु पर्ने आईसीसीको पहिलो शर्त छ । र, छनोट समितिको सल्लाहकारमा एसिया डेभलोपमेन्ट अफिसर वेन्कटपति राजु रहनेछन् ।
यो शर्त मान्न खासै समस्या छैन प्रशिक्षक जगत टमाटाले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् र टिम पनि उनले नै छनोट गर्नेछन् ।
आईसीसीको दोस्रो शर्त कीर्तिपुरको मैदानबारे छ । एसिया डेभलोपमेन्ट म्यानेजर बन्दुला वर्नापुराले कीर्तिपुरस्थित मैदानको निरीक्षण गर्नेछन् । बन्दुला केही दिनमा नै नेपाल आउने छन् र मैदानका साथै साथै सुरक्षा प्रवन्धबारे पनि अध्ययन गरिने छ ।
आईसीसीले भनेको छ, ‘यदि यो सर्तहरु पुरा भएमा खेल काठमाडौंमा हुनेछ । तर, पास भएन भने हामी नेपाल बाहिर खेल स्थल तय गर्नेछौं ।’
नेपाल क्रिकेट संघ क्यानकी सीईओ भावना घिमिरेले नेपालमा खेल हुने ८० प्रतिशत पक्का भएको प्रतिक्रिया दिइन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment