काठमाडौं, ४ चैत । ठगहरुका आ–आफ्नै ठग्ने तरिका हुँदा रहेछन् । कोही प्रहरीको नाममा ठगेर फरार हुँदै आएका छन् त कोही न्यायाधीश कै नाममा पैसा उठाएर खुलम खुल्ला हिडिरहेका छन् । प्रसंग हो, रोयल क्यासिनो विक्रीको ।
भारतीय व्यापारी आषिश पटेललाई क्यासिनो मिलाउने नाममा एक दलालले करोडौं रुपैयाँ ठगी गर्न सफल भएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
दरबारमार्गस्थित याक एण्ड यती होटलमा सञ्चालन भई हाल बिबादमा परेको क्यासिनो रोयल मिलाउने नाममा क्यासिनो दलाल धिरेन्द्र विक्रम मोक्तान उर्फ धिरेनले भारतीय व्यापारी आषिश पटेलबाट करोडौं ठग्न सफल भएका हुन् ।
रोयल क्यासिनो मिलाउन प्रहरी, नेता, गुण्डा देखि अदालतका न्यायाधीससम्मलाई खुसी बनाउनु भन्दै धिरेनले आशिषलाई गुमराहामा राखेर करोडौं रुपैयाँ लिन सफल भएका हुन् ।
क्यासिनो सञ्चालक राजबहादुर सिंहले आषिशलाई क्यासिनो बेच्ने भन्दै आठ करोड लिएर अर्कैलाई बिक्री गरेपछि क्यासिनो रोयल बिबादमा परेको थियो ।
बिबादकाबीच केही महिना बन्द भएको क्यासिनो अदालतको आदेशमा हाल खुल्ला छ । ‘पूर्व राजा ज्ञानेन्द्र शाहको ज्वाँइसँग मुद्दा लड्नु पर्छ, पैसा त धेरै खर्च हुन्छ’ भन्दै धिरेनले पटेलसँग करोेडौं रुपैयाँ असुलेका थिए ।
कुनै बेला राजबहादुरले व्यापारी पटेलकै रेखदेख गर्न राखेका धिरेन अहिले आफूलाई नेपालको नम्बर वान व्यापारी भएको हल्ला गर्दै हिड्छन् ।
क्यासिनोको नाममा ठगी गर्दै आएका सिंह र उनका भाई नाता पर्ने हरिशबहादुर सिंहले क्यासिनो बिक्री गर्ने नाममा आधादर्जन व्यापारीसँग करोडौं रुपैयाँ ठगी गरेको यसअघि सार्वजनिक भइसकेको छ ।
कतिपय पीडित प्रहरीमा पुगिसकेका छन् भने कतिपय इज्जतका कारण प्रहरीमा जान चाहेका छैनन् । क्यासिनो स्रोतका अनुसार छ महिनाको बीचमा भारतीय ब्यापारी पटेल, मुन्नाभाई र एक चाइनिज व्यापारीसँग सिंह दाजुभाईले ३० करोड ठगी गरिसकेका छन् ।
पछिल्लो समय सिंह दाजुभाईले मिनी क्यासिनो सञ्चालन गर्दै आएका सुरेन्द्र सिंहलाई क्यासिनो चलाउने जिम्मा दिएका छन् ।
मिनी क्यासिनोको नाममा नेपालीलाई क्यासिनोमा प्रबेश गराई करोडौं असुल्ने सुरेन्द्र अहिले रोयल क्यासिनो चलाउन लागिपरेका हुन् । तर होटल मालिक भने कुनै हालतमा क्यासिनो चलाउन नदिने अडानमा छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment