३ चैत, काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको एकसाता पछि शेरबहादुर देउवाले विधिवत रुपमा कमाण्ड सम्हालेका छन् ।
मंगलबार पार्टी कार्यालय सानेपामा कार्यक्रममा निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले देउवासहित पदाधिकारी र सदस्यहरुलाई विजयी भएको प्रमाण पत्र प्रदान गरे । कार्यक्रमलाई निवर्तमान कार्यबाहक सभापति रामचन्द्र पौडेलसहित पदाधिकारीले सम्बोधन गरे ।
२.
पौडेलले तत्कालीन सभापति सुशील कोइरालाले छाडेर गएको जिम्मेवारी पुरा गरेको र अगाडिको कार्यभार साथीलाई सुम्पिएको बताए । चुनावी परिणाम जस्तो आएपछि आगामी दिनमा नेतृत्वलाई आफ्नो सहयोग रहने उनले बताए । सभापति चुनावमा देवाउसँग पराजित पौडेलले निष्ठाको राजनीतिका लागि क्रियाशील रहिरहने बताए ।
३.
४.
महामन्त्री डा. पार्टी नेतृत्वले शशांक कोइरालाले सबैलाई मिलाएर लैजान सक्नु पर्ने बताए । कार्यक्रममा कोषाध्यक्ष सीतादेवी यादवले मधेसी र मधेसीको माग सम्बोधन गर्न आग्रह गरिन् । सहिद परिवारका लागि आरक्षणको व्यवस्था गर्न पनि उनले आग्रह गरिन् ।
५.
लगतै निवर्तमान कार्यबाहक सभापति पौडेलले नवनिर्वाचित देउवालाई सभापतिको पद हस्तान्तरण गरे । पौडेलसँगै निर्वतमान महामन्त्री प्रकाशमान सिंह पनि थिए ।
– See more at: http://www.onlinekhabar.com/2016/03/401970/#sthash.6lcAzxVM.dpuf
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment