Wednesday, March 16, 2016

सिटौला र खड्काको चेपुवामा देउवा

काठमाडौं, ४ चैत । नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो प्यानलसहित आरामदायी बहुमत ल्याएपनि सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला र अर्का प्रभावशाली नेता खुमबहादुर खड्काको सहमति बिना अघि बढ्न नसक्ने भएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

संस्थापन पक्षको नेतृत्व आफुले गरेको भन्दै निवर्तमान उपसभापति रामचन्द्र पौडेलले दाबी गरिरहे पनि उनको प्यानल देउवाको प्यानलसँग पराजित भएपछि देउवाको सामु अब पौडेल भन्दा पनि सिटौला र खड्काको सहयोग अपरिहार्य बनेको हो । पार्टी केन्द्रीय कार्य समितिमा २१ जना केन्द्रीय सदस्यलाई मनोनयन गर्न चाहेमा निर्वाचित कार्य समितिमा अनुमोदन गराउन खड्का वा सिटौलाको सहमति अनिवार्य बनेको हो ।

सिटौला र खड्कासँग केन्द्रीय कार्य समिति र संसदीय दलमा समेत पर्याप्त केन्द्रीय सदस्य र सांसद रहेका छन् । देउवाको प्यानलले स्पस्ट बहुमत अर्थात ६४ निर्वाचित पदमा ३८ जना आफ्नो पक्षधरले बिजयी हासिल गरेपनि देउवा प्यानलबाट जित्ने पाँच केन्द्रीय सदस्य खड्का पक्षधर रहेका छन् ।

त्यस्तै, संस्थापन पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित प्रदीप पौडेल, रामकृष्ण यादब, धनराज गुरुङ, कल्याण गुरुङ सिटौला पक्षधर रहेका छन् ।

देउवाले बुधबार सभापतिका प्रत्यासी रामचन्द्र पौडेल, अतिरिक्त कृष्णप्रसाद सिटौला, महामन्त्रीका प्रत्यासी अर्जुननरसिंह केसी र गगन थापा, कोषाध्यक्षका प्रत्यासी चित्रलेखा यादव र उमाकान्त चौधरीलाई मनोनीत गरे । तर, देउवालाई केन्द्रीय समितिमा बहुमतका लागि सिटौला वा खड्काको समर्थन अझै आवश्यक पर्दछ ।

पहिलो चरणमा मनोनित भएका केन्द्रीय सदस्य नेताहरुमा मनोनित हुने केन्द्रीय सदस्यको नाम सभापतिले प्रस्ताव गर्दा पक्ष वा बिपक्षमा मत दिने अधिकार नभएपनि उनीहरुको उपस्थिति मात्र पनि देउवालाई सकसपूर्ण हुने देखिन्छ ।

देउवाले पहिलो चरणमा खुमबहादुर खड्कालाई उपसभापतिमा मनोनयन गर्ने प्रस्ताव नल्याए खड्कासँगको सहमती तोडिने देखिन्छ ।

देउवालाई सभापतिको उम्मेदवार बन्दा जिताउन असहयोग गरेका खड्काले आफु र देउवा प्यानलबाट उम्मेदवार बनेका आफ्ना गुटका उम्मेदवारलाई मात्र जिताउन लागेको आरोप देउवा गुटका नेताहरुले लगाएका छन् ।

खुमबहादुरलाई उनी निकटका केन्द्रीय सदस्यहरु शंकर भण्डारी लगायतले देउवाको सट्टामा सभापतिमा रामचन्द्रलाई सहयोग गर्नुपर्ने दबाब दिएका थिए ।

तर उपसभापति मनोनित हुने आशामा खड्काले देउवा प्यानलबाटै आफु र आफ्नो सहयोगीलाई निर्वाचनमा होमेका थिए । देउवालाई चेपुवामा पारेर शक्ति आर्जन गर्ने सोच पालेका खड्काले सभापतिको फागुन २३ गतेको निर्वाचनमा देउवाको नाम अगाडी रेजा लगाएर करिब ७५ वटा भोट बद्धर गर्न लगाएका थिए ।

नेता देउवाबाट उपसभापतिसहित सहमहामन्त्रीमा आफु र आफ्ना निकटका लाई मनोनित गर्ने ग्यारेण्टी नपाएपछि खड्काले पौडेलसँग वार्गेनिङ गरेका थिए ।

फागुन २४ गते बिहान सभापतिको मतपरिणाम आउनासाथ कुनैं उम्मेदवारले पनि ५० प्रतिशत नकटाएको भन्दै खड्काले पौडेलसँग वार्गेनिङ गरेका थिए ।

तर पौडेलले दोश्रो चरणको निर्वाचनमा सिटौलाले प्राप्त गरेको सबै मत, बद्धर मत र थप करिब ६० मत देउवाले प्राप्त गरेको मत तान्न सके मात्र आफुले जित्ने वताएका थिए ।

पौडेलको सल्लाह बमोजिम नैं मुखमा सेतो माक्स लगाएका खुमबहादुर खड्का २४ गते एका बिहानै सिटौला निवास चण्डोल पुगेर सहयोगको याचना गरेका थिए ।

उनले पहिलो चरणमा देउवाले पाएको मतमध्ये करिब ६० देखि ७० मत मधेशबाट आफुले तान्ने र बद्धर मतलाई पौडेलको पक्षमा सद्धर गराउने योजना रहेको भन्दै सिटौलासँग उनले पाएको तीन सय २४ मत पौडेलको पक्षमा हाल्न आग्रह गरेका थिए ।

खड्काले पौडेललाई सहयोग गरेमा संसदीय दलको नेता सिटौलालाई बनाईदिने ग्यारेण्टी समेत लिएका थिए । खड्काको यस्तो प्रस्तावलाई सिटौलाले ठाडै अश्विकार गर्दै आफुले पदको लागि नभएर आदर्श र सिद्धान्तको राजनीति गरेकोले पद पाउन आफुलाई मत दिने महाधिवेसन प्रतिनिधिको चित्त दुखाउने पक्षमा नरहेको वताएका थिए ।

सिटौलाको यस्तो जवाफबाट निरास भएका खड्काले पछि दोश्रो चरणको मतदानस्थलमा गएर देउवाकै पक्षमा भोट मागेका थिए । खड्काले पौडेललाई सघाउने भन्ने हल्ला मतदानस्थलमा सनसनीपूर्ण भएपछि देउवालाई बिश्वास दिलाउन खड्का मतदानस्थल गएका थिए ।

खड्कासँगै देउवा प्यानलबाट निर्वाचन जित्ने केन्द्रीय सदस्यहरुमा पुष्पा भूषाल, शंकर भण्डारी, अजयकुमार चौरसिया, देवेन्द्रराज कँडेल र मोहनबहादुर बस्नेत छन् ।

खड्कासहित पाँच जना केन्द्रीय सदस्य पौडेल प्यानलको समर्थनमा उभिएमा देउवासँग निर्वाचित केन्द्रीय सदस्यको सख्या ३८ बाट घटेर ३२ हुने देखिन्छ भने पौडेल प्यानलको आकार बढेर ३४ पुग्ने देखिन्छ । त्यस्तो अवस्थामा सिटौला निकट चार केन्द्रीय सदस्यहरुले देउवा पक्ष लिएभने पौडेल पक्षलाई पनि त्यति सहज देखिदैन ।

आरक्षण दिँदा पनि अल्पमत

नेपाली कांग्रेसको बिधान अनुसार २२ वटा सिट महिला, जनजाति, मधेशी, दलित र मुस्लिमको लागि कोटा छुट्याइएको छ । तर पनि ६४ वटा निर्वाचित सिटमा आरक्षण कोटाबाट निर्वाचितहरुको संख्या बहुमत पुग्न पनि सकेन ।

२५ खुल्लातर्फ ४ जना जनजाति, एक मधेशी, एक महिला, प्रदेशतर्फ एक जनजाति र पदाधिकारीतर्फ एक महिला गरी आठ जना निर्वाचित भएका छन् ।

आरक्षण तर्फका २२ तथा पदाधिकारी, प्रदेश र खुल्ला आठ गरी ३० जना मात्र केन्द्रीय कार्य समितिमा पुगेका छन् ।

वर्तमान निर्वाचित ६४ जनाको कार्यसमितिमा १२ जना मात्र नयाँ अनुहारका छन् । वाँकी निर्वाचित केन्द्रीय सदस्यहरु १२ महाधिवेसनबाटै निर्वाचित वा मनोनित केन्द्रीय सदस्यहरु हुन । रमेश लेखक भने १२ महाधिवेसनअघि केन्द्रीय सदस्य थिए ।

केन्द्रीय सदस्यमा पहिलो पटक उम्मेदवार बनेर निर्वाचित हुने भाग्यमानीहरुमा नेबिसंघका पूर्ब केन्द्रीय सदस्य बिश्वप्रकाश शर्मा, नवलपरासी कांग्रेसका निवर्तमान जिल्ला सभापति देवेन्द्रराज कँडेल, सिन्धुपाल्चोकका निवर्तमान जिल्ला सभापति मोहनबहादुर बहादुर बस्नेत, दलित संघकी लक्ष्मी परियार, नेबिसंघका पूर्ब नेता बीरबहादुर बलायर छन् ।

विगतमा उम्मेदवार बनेर पराजित भएपनि पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा भने सरिता प्रसाई, रामकृष्ण यादब, किरण यादब, चिनकाजी श्रेष्ठ, डा. डीला संग्रौला, हृदयराम थानी र बहादुर सिंह लामा रहेका छन् । नयाँ अनुहार भनिएपनि कल्याण गुरुङ, गोबिन्द भट्टराई, गुरुराज घिमिरे यसअघिको केन्द्रीय समितिमा केन्द्रीय सदस्य मनोनित गरिएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment