२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इमान, बचनमा अडेको पत्यारिलो कांग्रेस आफूले हेर्न खोजेको बताएका छन् ।
१३ औं महाधिवेशनको उदघाटन समारोहलाई बिहीबार खुलामञ्चमा सम्वोधन गर्दै ओलीले भने, ‘नेपाली कांग्रेस विश्वासिलाो बनोस्, पत्यारिलो बनोस्, इमान बचनमा अडेको पत्यारिलो कांग्रेस बनोस् म यही हेर्न चाहन्छु ।’
‘महाधिवेशन कर्मकाण्डी नबनोस्’
राणाशासनको अन्धकारबाट नेपाललाई यहाँसम्म ल्याउन कांग्रेसले धेरै बलिदान गरेको चर्चा गर्दै ओलीले कांग्रेसको काँधमा अहिले ठूलो जिम्मेवारी आएको बताए । उनले यो महाधिवेशन कर्मकाण्डी नबन्ने विश्वास व्यक्त गरे ।
‘कांग्रेस महाधिवेशन नितान्त कर्मकाण्डी हुनुहुँदैन । कांग्रेसको काँधमा ठूलो जिम्मेवारी छ । त्यो जिम्मेवारी पूरा गर्न कांग्रेसले यस महाधिवेशनबाट नीतिगत निर्णय गर्ने छ,’ ओलीले भने, ‘लोकतन्त्रलाई सुदृढ गर्ने कुरामा, विकास निर्माण अगाडि बढाउने प्रश्नमा, राष्ट्रिय एकता अगाडि बढाउने प्रश्नमा जनताले कांग्रेसले सुझबुझपूर्ण निर्णयको अपेक्षा गरेका छन् । जुन म पनि गर्न चाहन्छु ।’
अब देशलाई आर्थिक उन्नतीमा लैजान सबै दल लाग्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । त्यसका लागि कांग्रेस, एमालेलगायत सबै राजनीतिक दल लाग्नुपर्ने भन्दै उनले कांग्रेसले पनि त्यसैलाई आत्मसाथ गर्दै निर्णय गर्ने विश्वास व्यक्त गरे ।
‘यो महाधिवेशनबाट कांग्रेसले त्यस उचाइबाट निर्णय गरोस् भन्ने चाहान्छु,’ ओलीले भने, ‘यो देशमा सबै जाति, भाषा क्षेत्रलाई सम्मान गरिनेछ । म चाहन्छु कांग्रेसको ध्यान पनि गम्भीरतापूर्वक त्यतापटि्ट जानेछ ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment