Thursday, March 3, 2016

नेपालका समस्या समाधान गर्न नेपाली नेता सक्षम छन्ः नीतिशकुमार

२० फागुन, काठमाडौं । भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसलाई संबोधन गर्न नेपालका नेताहरु सक्षम भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले विहीबार गरेको साक्षात्कारमामा उनले पहाडी, मधेसी र जनजाति सबै नेपाली भएको तथा यहाँका नेताहरु उनीहरुको समस्या संबोधन गर्न सक्षम रहेको बताए ।

नितिशकुमारले मधेसी नेताहरुले आफूलाई भेटेर मधेश आन्दोलनलाई समर्थन गर्न आग्रह गरेपनि आफुले नेपालको समस्या नेपालमै समाधन गर्न सुझाव दिएको बताए ।

उनले भने,’ नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै समाधान गर्ने हो नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न हुँदैन । नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन भन्ने प्रमाणित भईसकेको छ ।’

नितिस कुमारले नेपालको संविधान नेपालीहरुको लागि आएकोले यसमा भारतको कुनै आपत्ति नभएको समेत धारणा राखे । नितिशकुमारले भने, ‘भारतीयहरु नेपालसँग भावनात्मक रुपमा जोडिएकोले नेपालले पनि विकास गरोस भन्ने चाहन्छन । नेपालमा विकासको धेरै सम्भावना छ ।’

उनले नेपालमा धार्मिक पर्यटन सहित जलविद्युत, कृषि र उद्योगको सम्भावना उच्चरहेको भन्दै यस विषयमा सबै संबेदनशील हुनुपर्ने धारणा राखे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment