Thursday, March 3, 2016

काठमाडौंमा कुकुरको गणना हुँदै, भुस्याह हटाउनै १२ वर्ष लाग्ने  

२० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका कुकुरको संख्या गणना गरिने भएको छ । सामुदायिक (भुस्याह) कुकुरले सहरी व्यवस्थापनमा समस्या ल्याएको भन्दै व्यवस्थापनको आधार तयार गर्न कुकुर गणना गर्न लागिएको हो ।

गणनामा सडकमा रहेका सामुदायिक र घरमा रहेका घरपालुवा कुकुरको अवस्था, भाले, पोथी र बच्चाको संख्या, रोग लागेका, बिरामी, अस्वस्थ्य, दुर्घटनामा परेका कुकुरको विवरण संकलन गरिनेछ।

कुकुर गणना हुनुअघि सिंहदरबार क्षेत्रमा रहको कुकुर व्यवस्थापन गरिने महानगरपालिकाले जानकारी दिएको छ । भोलि शुक्रबार त्यस क्षेत्रका ४० वटा कुकुरलाई बन्ध्याकरण गरेर अभियान सुरु गर्न लागिएको छ ।

तिनलाई उपचारपछि पुनः त्यसकै बसोबासस्थलमा फर्काइने महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । महानगरभित्रको सामुदायिक कुकुर पूर्णरुपमा हटाउन अझै १२ वर्ष  लाग्ने देखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरु गरेको सरसफाई, हरियाली तथा उद्यान व्यवस्थापन अभियान अन्तरगत सामुदायिक कुकुर व्यवस्थापन थालिएको हो ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भएका सामुदायिक कुकुरले सेवाग्राही, कर्मचारी र  सवारी साधनको निर्वाध आवागनमा समस्या उत्पन्न भएको छ ।

सेवाग्रहीलाई झम्टने तथा टोक्ने खतरा बढेको र फोहोर गर्ने समस्या बढेकोले सिंहदरबार क्षेत्रभित्रका सामुदायिक कुुकर व्यवस्थापन गर्न लागिएइको महानगरका अधिकारीले बताए ।

सामुदायिक कुकुर व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्यक्रम प्रविधि र प्रक्रिया आवश्यक हुने महानगरको भनाइ छ ।

महानगरले कुकुर व्यवस्थापनका लागि यसवर्ष ३ करोड रुपैयाँ खर्च गर्दैछ । सामुदायिक कुकुर व्यवस्थापनमा हृयुमन सोसाइटी इन्टरनेशनलले साझेदारी गर्नेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment