२१ फागुन, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाललाई दिने इन्धन भारतले कटौती गर्न नखोजेको दाबी गरेका छन् । उनले नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि नेपाल आयल निगमलाई तेलको माग बढाउन सुझावसमेत दिएका छन् ।

‘माथिको आदेश’ भन्दै भारतीय तेल कर्पोरेसन (आइओसी) ले मागको भन्दा ७० प्रतिशत मात्रै तेल दिइरहेको विषयमा प्रश्न गर्दा उपाध्यायले केन्द्रबाट त्यस्तो निर्देशन गएको आफूले नपाएको बताए । ‘मैले जिम्मेवार व्यक्तिहरुसँग कुरा गर्दा तेल कटौती गर्ने नीति नरहेको बताउनुभएको छ, कहिलेकाहीँ प्राविधिक कारणले मागेजति दिन नसकेको भनाइ उहाँहरुको छ ।’
राजदूत उपाध्यायले बुधबार भारतीय पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँग तेल आपूर्तिका विषयमा कुराकानी गरेका थिए । सो कुराकानीमा पनि मागबमोजिम तेल आपूर्तिको प्रतिवद्धता आफूले पाएको उनको भनाइ छ ।
‘यतिबेला पहिलेकै अनुपातमा तेल माग गरेर संकट हट्दैन, त्योभन्दा दोब्बर-तेब्बर माग्नुपर्छ, मैले आयल निगमलाई यही भनिरहेको छु ।’ मागबमोजिम तेल नपाएको खण्डमा जिम्मेवार निकायहरुमार्फत भारत सरकारसँग कुरा गर्न सकिने पनि उपाध्यायको भनाइ छ ।
उनी भन्छन्, ‘आयल निगमले आफ्नो तालुकदार मन्त्रालयलाई, त्यस मन्त्रालयले परराष्ट्रलाई र परराष्ट्रले हामीलाई यस विषयमा विवरणसहित लिखित जानकारी गराउनुपर्छ । त्यसपछि हामीले यहाँको सरकारसँग कुरा राख्न सक्छौं । आयल निगमले तेल पाइएन भनेर गनगन मात्रै गरेर हुँदैन ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment