Thursday, March 3, 2016

मोर्चा र सरकारबीच अहिलेसम्मको वार्ता परिणामबिहीनः महन्थ ठाकुर

फाल्गुन २०, २०७२- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मोर्चा र सरकारबीच अहिलेसम्म जे जति वार्ता र संवाद भएपनि परिणाममुखी हुन नसकेको बताएका छन् ।

दुईदिनसम्म भैरहवामा बसेको तराई मधेस लोकतान्त्रिक पार्टीको बैठक पश्चात् आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले तरपनि आफ्नो पार्टी बार्ता र संवादलाई निस्तेज पार्ने कानम नगरेको बताए ।

सिमांकनलाई परिमार्जन गर्ने उद्देश्यले उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा गठन गरिएको संयन्त्रलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्न थालेपछि वार्ता सकारात्मक भएपनि रोकिने गरेको दाबी ठाकुरले गरे ।

हिजो र आजसम्म भैरहवामा बसेको उक्त पार्टीको बैठकले पाँच बुँदे निर्णय गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको एघार बुँदे माग निश्चित समयभित्र पुरा नभएमा पुन: आन्दोलनमा जाने निर्णय गरेको छ ।

तर, कतिदिनभित्र माग पुरा नभएमा पुन आन्दोलन गरिने हो ? भन्नेबारेमा केही खुलाइएको छैन । यस बारेमा प्रश्न गर्दा नेताहरुले स्पष्ट पारेनन् ।

मोर्चाले स्थगित गरेको आमहड्ताल, बन्द र नाका केन्द्रित कार्यक्रमलाई राज्यले कमजोरीको रुपमा नलिन चेतावनी दिँदै बैठकले मोर्चाको यस सदासयतालाई कमजोरीको रुपमा लिइएमा भविष्यमा स्थिति थप जटिलतामा जाने निचोड निकालेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले प्रधानमन्त्री सहितको टोली भारत भ्रमण जानु अगावै मोर्चाको मागप्रति सकारात्मक भएको भारतलाई देखाउन उपप्रधानमन्त्री थापाको संयोजकत्वमा उक्त संयन्त्र गठनको नाटक सरकारले गरेको दाबी गर्दै संयन्त्रको वैधानिकता र कार्यदेशबारेमा स्पष्ट नभएको बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment