Thursday, March 3, 2016

फेसबुकको दुरुपयोग रोक्न विद्यालयमा प्रहरीको कक्षा

२१ फागुन, ताप्लेजुङ । सामाजिक सञ्जाल फेसबुकलाई माध्यम बनाइ अपराधिक गतिविधि बढ्न थालेपछि पाँचथर प्रहरीले जिल्लाका विद्यालयहरुमा साइबर क्राइम सम्बन्धी कक्षा सञ्चालन गर्न सुरु गरेको छ ।

मोवाइल फोनको पहुँच पुगेको र मोवाईलबाट नै फेसवुक लगायत सामाजिक सञ्जाल प्रयोग गर्न सकिने भएकाले यस्ता सञ्जालको प्रयोग गरी अपराधिक गतिविधि बढ्न थालेकाले यस्तो कक्षा सञ्चालन सुरु गरीएको पाँचथर प्रहरी प्रमुख  कृष्ण प्रसाद कोइरालाले बताए ।

सदरमुकाम फिदिमका  उच्च मावि, क्याम्पस, मात्र नभई दुर्गम गाविसमा रहेका माध्यमिक र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा नै पुगेर दुई देखि तीन घण्टा सम्म इमेल इन्टरनेट र सामाजिक सञ्जालको फाईदा र बेफाईदाका विषयमा प्रहरीले जानकारी दिने गरेको छ ।

प्रहरीले सञ्चालन गरेको कक्षामा विद्यार्थीलाई सामाजिक सञ्जालको पहुँचको विषयमा सोध्ने, आफुलाई आएको समस्याको विषयमा विद्यार्थीबाट जानकारी लिने साथै उनीहरुलाई इमेल, इन्टरनेट, फेसवुक, युट्यूव लगायत सामाजिक सञ्जालको दुरुपयोगबाट हुने बेफाईदा र कानूनी तवरबाट हुने दण्ड सजायका विषयमा सचेत गराउने गरीएको कोइरालाले बताए ।

पछिल्लो समय युवायुवतिले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम जानकारी बिनानै एकाउन्ट बनाउने अन्जान व्यक्तिहरुसँग च्याट, कल, सेयगर्ने हुँदा अपराधको जोखिम बढ्दै गएको प्रहरीको भनाई छ ।

प्रहरीले सञ्चालन गरेको कक्षामा माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थी सहभागि रहने र उनिहरुलेनै सबै भन्दा बढि सामाजिक सञ्जालको प्रयोग गर्ने भएका कारण उनिहरुलाई सचेत गराए घटनामा कमी आउनेमा प्रहरी विश्वस्त छ  ।

यसअघि फेसबुकको माध्यमबाट पाँचथरकी एक युवतीलाई तीन लाख रुपैयाँ ठगी गरेको अभियोगमा पाँचथर बस्दै आएका झापाका निश्चल शर्मा भनिने भविन्द्र सुबेदिलाई प्रहरीले पक्राउ गरेपछि अरु युवा युवती पनि यस्तो अपराधमा नफसुन् भन्दै प्रहरीले अभियानलाई तिब्रता दिएको हो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment