फाल्गुन २०, २०७२- बिहारका मूख्यमन्त्री नीतिशकुमारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नेतासँग भेट्दै यहाँको पछिल्लो राजनीतिक विकासबारे चासो राखेका छन् । बिहीबार बिहान १० बजे होटल द्वारिकामा नीतिशलाई भेट्न पुगेका मोर्चा नेताले संविधान संशोधन भए पनि मोर्चाको आन्दोलन सम्बोधन हुन अझै नसकेको बताएका थिए ।
४५ मिनेटको कुराकानीमा सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी, संघीय समाजवादी फोरम वरिष्ठ नेता अशोककुमार राई, तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाललगायत नेता सहभागी थिए ।
नीतिशले सीमांकन र मोर्चाको असन्तुष्टिबारे विशेष चासो राखेका थिए । विभाजित मनस्थितिबाट विकास सम्भव नहुने हुँदा देश विकासमा सबैले सहभागी हुने वातावरण बनोस् भन्ने अपेक्षा राखेको उनलाई उद्धृत गर्दै तमलोपा उपाध्यक्ष लालले बताए । भेटमा मोर्चाले हालै फिर्ता लिएको पाँच महिना लामो नेपाल–भारत सीमा नाकाबन्दीबारे भने कुनै चर्चा नभएको बैठक स्रोतले बताएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment