Thursday, March 3, 2016

कांग्रेस महाधिवेशनमा गगन गर्जनको चर्चा

नेपाली कांग्रेसका अधिकांश नेता–कार्यकर्ता पार्टीको १३ औं महाधिवेशनमा जुटेका छन् । मुलुकको पुरानो पार्टी र अहिलेको ठूलो दल नेपाली कांग्रेसको महाधिवेशनले लिने नीति र चुन्ने नेतृत्वप्रति कांग्रेसजनको ध्यान केन्द्रीत छ । विगतका महाधिवेशन जस्तै अहिले पनि कांग्रेसको नीतिभन्दा नेतृत्वमै बढी छलफल भएको देखिन्छ । अवश्यनै नीतिको कार्यान्यवनमा नेतृत्वको भूमिका अहम् हुन्छ । त्यसैले सही नीतिलाई कार्यान्वयन गर्न सही नेतृत्वको खाँचो रहन्छ ।

लेखकअहिले कांग्रेसको यो महाधिवेशनमा नेतृत्वको चर्चा चुलिनुको अर्को कारण लामो समय पार्टीको नेतृत्व गरेको कोइराला परिवारको पनि हो । यसपटकको महाधिवेशन कोइरालाको नेतृत्वविहीन छ । कोइरालाको नेतृत्व नै कांग्रेस हो भन्ने छाप परेको अवस्थामा यस पटकको महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारको हातबाट बाहिरिने निश्चित जस्तै छ । खासगरी महाधिवेशनको अन्तिम समयमा सभापति सुशील कोइरालाको निधन हुनु र कोइराला परिवारको विरासत बोकेका शेखर कोइराला, शंशाक कोइराला र सुजाता कोइरालाले आफूलाई त्यो भूमिका वहन गर्न सक्ने अवस्थामा पु¥याइ नसक्नुले यो महाधिवेशनमा कोइराला विनाको नेतृत्व चुनिने अवस्था आएको हो ।

सुशील कोइरालाको निधनले कांग्रेसको नेतृत्वलाई लिएर बढी नै वहस गराउने अवस्था आएको छ । खासगरी संस्थापन पक्षभित्र यो समस्या बढी देखिएको छ । अर्कोतर्फको समूहबाट शेरबहादुर देउवा निर्विकल्प सभापतिको उम्मेदवार भए पनि संस्थापन भनिनेबाट लामो रस्साकस्सीका विच पनि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको उम्मेदवारी पर्ने देखिन्छ । सभापतिका लागि मात्र होइन कांग्रेसभित्र पदाधिकारी र अन्य केन्द्रीय सदस्यहरुका विच पनि अहिले तिव्र प्रतिस्पर्धा देखिन्छ । प्रजातान्त्रिक पार्टीमा यसलाई सहज र सरल रुपमा लिनुपर्दछ । आफूलाई प्रजातान्त्रिक भने पनि विगतमा कांग्रेसका धेरै निर्णय अलोकतान्त्रिक र टिके प्रथामा गरिएको देखिन्छ । तर जे होस् यसपटकको महाधिवेशनले चुन्ने नेतृत्व त्यसबाट अलग रहोस् भन्ने चाहना आम प्रजातन्त्रप्रेमीको छ ।

विश्वमा धेरै विकसित मुलुकका राजनीतिक दलहरुमा उमेरले पाका नेतालाई सम्मान र युवा उमेरका नेतालाई जिम्मेवारी दिने गरिएको पाइन्छ । दुर्भाग्य हाम्रो मुलुकमा त्यो अवस्था छैन । अझ ५० वर्ष कटेका नेतालाई पनि युवा नेता भनेर सम्बोधन गर्ने गरिन्छ । हुनतः युवा उमेरले होइन विचारले हुने हो भन्ने तर्क राख्दा पनि हुन्छ तर गाई गाई नै हो, गोरु गोरु नै हो । गाईलाई गोरु मानेर जोत्दा गोरुले जतिनै छिटो जोत्न कहाँ सकिएला र ?

अहिले नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रीय समितिमा आउन चाहना राख्ने र उम्मेदवारी घोषणा गर्नेको लर्को लामो छ । तीन पुस्तासँगै रहेको कांग्रेसमा यसपटक केन्द्रीय समितिमा आउन चाहना राख्नेमा अधिकांश युवा देखिएका छन् । खासगरी नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीतिबाट आएका र अहिले पनि क्रियाशिल रहेको पंक्ति देखिन्छ । कांग्रेसको भ्रातृ संगठनहरु प्रजातान्त्रिक परिपाटीबाट चल्न नसक्दा र समयमै नेतृत्व हस्तान्तरण हुन नसक्दा एउटा ठूलो पंक्ति निस्क्रिय बस्नु परेका कारण पनि अहिले केन्द्रीय नेतृत्वमा आउन चाहनेको लर्को बढेको हो । यो आफैंमा सुखद् पक्ष भने हो । विश्वमा धेरै विकसित मुलुकका राजनीतिक दलहरुमा उमेरले पाका नेतालाई सम्मान र युवा उमेरका नेतालाई जिम्मेवारी दिने गरिएको पाइन्छ । दुर्भाग्य हाम्रो मुलुकमा त्यो अवस्था छैन । अझ ५० वर्ष कटेका नेतालाई पनि युवा नेता भनेर सम्बोधन गर्ने गरिन्छ । हुनतः युवा उमेरले होइन विचारले हुने हो भन्ने तर्क राख्दा पनि हुन्छ तर गाई गाई नै हो, गोरु गोरु नै हो । गाईलाई गोरु मानेर जोत्दा गोरुले जतिनै छिटो जोत्न कहाँ सकिएला र ?

अब प्रसंग बदलौं अहिले कांग्रेसको नेतृत्वलाई लिएर जुन वहस अघि बढिरहेको छ । यही वहसका बीच गगन थापाको चर्चा पनि उत्तिकै छ । नेपाल विद्यार्थी संघका सशत्त नेता रहेर पनि सभापति बन्न नदिइएका नेता गगन राजनीतिमा थकित कहिल्यै देखिएनन् । आफूलाई तत्कालिन कांग्रेस नेतृत्वले पाखा लगाउन खोज्दा पनि कार्यकर्ताको साथ र आफ्नो राजनीतिक कौटिल्यताका कारण नेपाली कांग्रेसको गएको महाधिवेशनमा सवैभन्दा वढी मत ल्याएर केन्द्रीय समितिमा निर्वाचित भए । उनले अहिले आफूलाई महामन्त्रीको उम्मेदवार बनाएका छन् । चाहेर वा नचाहेर कांग्रेसभित्रको अहिलेको युवा पुस्ताको प्रतिनिधि पात्र हुन् गगन । उनीमाथि अहिले पनि धेरैको आशा र भरोसा छ । यो आशा र भरोसा त्यसै जन्मिएको होइन, मुख्यतः आफूलाई चिनाउन सक्ने सामथ्र्य उनमा देखिन्छ । अहिले गगनले एउटा पुस्ताको नेतृत्व गर्न चाहेको स्पष्ट देखिन्छ । त्यो नेतृत्व कांग्रेसको जीवनसँग मात्र जोडिएको छैन । भोलि त्यो नेतृत्वले गर्ने निर्णय र लिने नीतिले राष्ट्रलाई धेरै प्रभाव राख्न सक्दछ ।

अधिकांश युवा महाधिवेशन प्रतिनिधिमा आउनु, आफ्नो शाख आफैं निर्माण गर्न सक्नु गगनको निम्ति सकारात्मक पक्ष हो । परिणाम जे सुकै आउला तर प्रतिस्पर्धामा उत्रन साहस गर्नु एउटा सन्देश हो । अझ विरासतको राजनीति चल्ने नेपालका राजनीतिक पार्टीमा युवा पंक्तिका गगनको उम्मेदवारीले भविष्यमा कांग्रेसजनमा धेरै अर्थ छाड्ने निश्चित छ ।

गगनको महामन्त्रीमा उम्मेदवारी यो अर्थमा पनि सही छ कि पार्टी भनेको कुनै निजामती अंग होइन, जहाँ वर्ष वित्छ र पद बढ्छ । त्यसरी बढाउँदै लग्ने हो भने उमेरले वृद्धावस्था टेक्दा पनि नेतृत्वमा जाने छाँट देखिँदैन । रह्यो कुरा अनुभवको । उनले अहिले नै सभापतिको उम्मेदवार आफूलाई बनाएका छैनन् । महामन्त्री भनेको नीति कार्यान्वयन गर्ने पद हो । सभापतिले बनाएको नीतिलाई सही ढंगले कार्यान्वयन गर्ने चुनौती लिएर उनी मैदानमा उत्रिएका हन् । पार्टीले लिएको नीतिलाई कार्यान्वयन गर्दै भोलिको मार्ग निर्माण गर्ने अभियानमा लागेका हुन् गगन ।

पारिवारिक विरासत र वर्षौं वर्ष एउटै नेताको पछि लागेर विस्तारै सिँढी उक्लने स्वभाव गणतन्त्रमा सामन्तवादी प्रवृत्तिको अवशेषबाहेक केही हुन सक्दैन । यसपटक महामन्त्रीमा उठ्ने गगनको निर्णयले कांग्रेसभित्रका युवा पंक्तिलाई उर्जाशील बनाएको छ । तर अर्को पंक्तिका केही नेतालाई गगनको निर्णय पाच्य देखिएको छैन । गगनको उमेरलाई हेरेर उनको उम्मेदवारीको कुरा काट्नेहरुको तर्क औचित्यहीन छ । पछिल्लो पटक गगनले यदी कार्यकर्ताले रुचाएनन् भने पार्टीमा झुण्डिरहन उचित रहँदैन भन्ने अभिव्यक्ति दिएका थिए । त्यो आफैंमा निकै ओझिलो छ ।

प्रतिनिधिहरुद्वारा अनुमोदित हुन पनि नचाहने तर आफूलाई सधैं नेता मानिराखुन् भन्ने मानसिकता अहिले आम पार्टीका नेतामा रहेको देखिन्छ । त्यसैले त विधान पनि आफू अनुकूल निर्माण र परिमार्जित भइरहेको देखिन्छ । गगनको उम्मेदवारीको समुह हेर्दा अहिले देखिएका तीन समुह मध्ये निकै कमजोर समुह देखिन्छ । एक पार्टी दुई समुहको अवस्था रहेको नेपालका राजनीतिक दलहरुभित्र कांग्रेसभित्र पनि स्पष्ट दुई समुह छ । तर गगन रहेको कृष्णप्रसाद सिटौलाको समुह तेस्रो जस्तो देखिन्छ । त्यसो त कांग्रेसभित्र अहिले खुमबहादुर खड्का, कुलबहादुर गुरुङलगायतको समुह पनि छन् । तर नेतृत्वमै आकांक्षा नदेखाएका कारण अहिलेलाई कांग्रेसमा तीन समुह बनेको देखिन्छ । कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले गगनलाई महामन्त्रीमै उठाउला भन्ने संकेतसमेत संस्थापन पक्ष भनिएको रामचन्द्र पौडेल समूहले पाउन सकेको थिएन । किनकी सिटौलाको समयमा पनि उमेरले पाका र जबरजस्त मानिएका नेताहरुको बाहुल्यता छ । अर्को समुह शेरबहादुर देउवा जो पहिला देखिनै समुह बनाएर बसेका थिए, उनले पनि ज्वाई गगन भन्दा ससुरा अर्जुननरसिंह केसीलाई प्यारो मान्नु स्वभाविकै थियो । यो समूहमा पनि गगनमाथि पर्दा अरुको चित्त दुखाई हुन्थ्यो । कमसे कम उमेर बढी र कपाल फुलेका आए हामीले छाड्यौं भन्ने बाटो त रह्यो । त्यसैले अन्ततः गगन अर्को समुहमा जान वाध्य भए । कृष्णप्रसाद सिटौलासँग मिलेर गगन अघि बढ्दैछन् । अहिलेको अवस्था, कांग्रेसभित्रको गुटको समस्या, नेता केन्द्रीत कार्यकर्ता पंक्तिलाई हेर्दा सिटौलाको समुह कमजोर रहेको संकेत गर्छ ।

तर गगन आफैंमा सशक्त उम्मेदवार हुन् । अधिकांश युवा महाधिवेशन प्रतिनिधिमा आउनु, आफ्नो शाख आफैं निर्माण गर्न सक्नु गगनको निम्ति सकारात्मक पक्ष हो । परिणाम जे सुकै आउला तर प्रतिस्पर्धामा उत्रन साहस गर्नु एउटा सन्देश हो । अझ विरासतको राजनीति चल्ने नेपालका राजनीतिक पार्टीमा युवा पंक्तिका गगनको उम्मेदवारीले भविष्यमा कांग्रेसजनमा धेरै अर्थ छाड्ने निश्चित छ ।

गगनको उम्मेदवारीको चर्चासँगै यसपटक कांग्रेसको केन्द्रीय समितिमा धेरै युवा पुस्ताको प्रवेश हुने संकेत देखिएको छ । केन्द्रीय समितिको निर्णय प्रधान रहने पार्टीका लागि केन्द्रीय समितिमा अन्य युवाको प्रतिनिधित्व पनि अधिकतम् हुनु जरुरी छ । युवाको पंक्तिको दरिलो उपस्थितिमा गगनको सांगठनिक भूमिका र उनले देशको निम्ति हितकर ठहर्ने गरी खेल्न सक्ने आशातित प्रभावकारी भूमिका प्रदर्शनको अपेक्षा अहिलेको पुस्ताको छ भने भावी पुस्ताको निम्ति पनि अवसरको निर्माण गरिदिनुपर्ने जिम्मेवारी पनि सँगै रहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment