Friday, March 4, 2016

शेखर कोइराला भन्छन्- पहिलो चरणमै नतिजा आउँछ

२१ फागुन, काठमाडौं । रामचन्द्र पौडेलको प्यानललाई सघाइरहेका कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको सभापति पदको चुनावी नतिजा पहिलोचरणमै आउने दाबी गरेका छन् । तर, यो चुनावमा कसले जित्ला ? कोइरालासँग गरेको छोटो कुराकानी यस्तो छः

संस्थापनबाटै दुईवटा प्यानल देखिएका छन् । पहिलो चरणमै परिणाम आउने सम्भावना छ ?

संस्थापन र शेरबहादुर ग्रुप चिन्दिँन । यहाँ दुई बलिया उम्मेदवार छन् रामचन्द्र पौडेल र शेरबहादुर देउवा । सिटौलाजीको कतै कहीँ म देख्दिनँ ।

नजिते पनि पहिलो चरणमा परिणाम आउन त गाह्रो होला ?

पहिलो चरणमै नतिजा निस्कन्छ । जो जित्छ, पहिलो चरणमै जित्छ । म कुनै पक्षको कुरा गरिरहेको छैन । म कसैको पक्षमा पनि होइन, विपक्षमा पनि होइन । तर, मैले कार्यकर्ताको भावना बुझेर भन्दैछु ।

रामचन्द्र पौडेललाई सुजाताको समर्थनले के फरक पर्छ ?

मैले तपाईलाई पटक-पटक भनेको थिएँ कि हामी कोइरालाहरु फुट्दैनौं, एक ठाउँमा उभिन्छौं । त्यो आज सही सावित भयो ।

यसको अर्थ, कोइराला परिवारले शशांकलाई नेताका रुपमा अघि सार्‍यो भन्न मिल्छ ?

हाम्रो वीचमा प्रतिस्पर्धा छ । शशांक, मेरो र सुजाताका बीचमा ।

तर, शशांक त महामन्त्रीको उम्मेदवार भइसक्नु भो नि ?

अहिले भनेको होइन मैले । राजनीतिमा प्रतिस्पर्धा गर्नुपर्‍यो नि त ।

योपटक कांग्रेस महाधिवेशनमा धेरै युवाहरु आएका छन् भनिएको छ । महामन्त्रीमा शशांकसँगै गगन र अर्जुननरसिंह केसी हुनुहुन्छ । यसले कस्तो असर गर्ला ?

कांग्रेस ट्रेडिसनल पार्टी हो । मान्छे धेरै चाँडै माथि जान खोज्यो भने तल पनि सरर र्झछ । कांग्रेसका धेरै मानिसले बुझेका छन् । र, महाधिवेशन प्रतिनिधिहरुले झन बुझेका छन् । तलबाट लड्दै आएका मानिसहरुले सबै कुरा बुझेका छन्, हतार गरेर माथि चढ्न हुँदैन । गगनजीले के सोचेर महामन्त्रीमा उम्मेदवारी दिनुभो, त्यो पनि सिटौलाजीको प्यानलमा ? मैले बुझेको छैन ।

मैले त सम्झाएको थिएँ कि तिम्रो अहिले उमेर के भएको छ र भनेर । त्यतिमात्र होइन, बरु हामीसित मिलेर लड, राजनीति सबै कुरा होइन, पारिवारिक कुरा पनि हुन्छ, भनेको थिएँ ।

तपाईले यो महाधिवेशनमा मधेस निर्णायक फ्याक्टर हो भन्नुभएको थियो । तीन समूहले कोषाध्यक्षमा मधेसबाटै उम्मेदवार बनाएको छन् । यसमा के भन्नुहुन्छ ?

सीता यादवजीको जीत सुनिनिश्चित भइसक्यो ।

कसरी डाक्टरसा’ब ?

भोट कांग्रेसका कार्यकर्ताले दिने हो । चित्रलेखाजीको मन्त्रीको कार्यकाल कस्तो रहृयो, मान्छेले हेर्छन् नि त ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment