२१ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निजी स्वास्थ्य संस्थालाई वितरण गर्दै आएको डेडिकेटेड लाईन (फिडर लाईन ) गत फागुन ११ गतेबाट कटौती गरेपछि अस्पतालहरु बन्दहुने अवस्थामा पुगेका छन् ।
स्वास्थ्य क्षेत्रमा असर नपार्न र बन्द गरिएको बिद्युत सुचारु गर्न पुनरावेदन अदालतको आदेशपनि प्राधिकरणले बेवास्ता गरेको स्वास्थ्य व्यवसायीको आरोप छ ।
निजी स्वास्थ्यसंस्थाले दायर गरेको मुद्धामा पुनरावेदन अदालतले गत बुधबार उनीहरुकै पक्षमा फैसला सुनाएको थियो । तर प्राधिकारण अहिलेसम्म मौन छ ।
सरकारी निर्णय अनुसार नै २०६५ माघ १ गतेको सुचनाका आधारमा फिडर लाइन निजी स्वास्थ्य संस्थालाई उपलब्ध हुँदै आएको थियो । सरकारी निर्णय भएपनि त्यसका लागी आवश्यक सबै सामानहरु आँफैले बन्दोबस्त गरेर अस्पतालहरुले बिद्युत उपभोग गर्दै आएका थिए ।
राजधानीको ओम अस्पतालका डाइरेक्टर हरिस जोशीले भने,- ‘गत फागुन ५ गते गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेर उर्जा संकटको कारण देखाउँदै फिडरबाट आएको सबै लाईन काट्ने विद्युत प्राधिकरणले निर्णय गरेसंगै फागुन ११ गतेबाट बिजुली काटेपछि अस्पतालहरुले अत्यावश्यकीय सेवा दिन असमर्थ भएका छन् ।’
यसअघि गत माघमा मात्रै प्राधिकरणले विगतमा लिदै आएको शुल्कमा तिन गुणाले बृद्धि गरेको थियो । ‘बृद्धि भएको तिन गुणा विद्युत महशुल पनि हामीले केहि नभनी तिरेका थियौ’ जोशीले भने ‘तर पनि प्राधिकरणले स्वास्थ्यजस्तो जटिल क्षेत्रान बिद्युत कटौती गरेको छ ।’
उनले सरकारले गरेको यस्तो व्यवहार विरामीले पाउने स्वास्थ्य उपचार प्रति खेलवाड भएको बताए । उनले भने, ‘सरकारी या निजी जेसुकै भएपनि अस्पताल भनेको संवेदनशील निकाय हो यसको सुनुवाई राज्यले गर्ने की नगर्ने ?’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment