काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमा छुटेको सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
बिहीबार बिहान बानेश्वरबाट कलङ्की जाने क्रममा बा१ज ७७०६ नम्बरको ट्याक्सीमा यमलाल सापकोटाको रु दुई लाख, जापानी येन चार हजार ५९२ र एउटा आइप्याड छुटेको थियो ।
धनीले महाशाखामा दिएको निवेदनका आधारमा ट्राफिक प्रहरीले सिसिटिभीमार्फत खोजी गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । फेला पारेको सामानलाई आज बिहान सम्बन्धित व्यक्तिलाई बुझाएको महाशाखाले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment