Friday, February 26, 2016

भारतले ममार्फत नेपाललाई सम्मान गर्‍योः प्रधानमन्त्री  

सलमान खान

१४ फागुन, भैरहवा । प्रधानमन्त्री केपी ओलीले भारतले आफूमार्फत नेपाललाई बराबरको हैसियतमा सम्मान गरेको बताएका छन् । उनले नेपाल र भारतको पहिलै जस्तै मित्रता हुनुपर्ने विषयमा दुवै देशले स्विकार गरिसकेको बताए ।

शुक्रवार नेकपा एमाले लुम्बिनी अञ्चलद्धारा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले अत्यन्तै राम्रो व्यहार गरेको र अब आफुहरु नयाँ ढंगले अगाडि बढेको बताए । उनले भारत भ्रमणको क्रममा आफूले नेपाली जनताको हितमा विजुली, हुलाकी राजमार्ग निर्माण लगायत विभिन्न सहमति गरेर आएको उल्लेख गरे ।

उनले काग्रेस र मधेसी दललाई सरकारमा आउन आग्रह समेत गरे । ‘कांग्रेस सरकारमा आउनु पर्छ । मधेसी दलहरुलाई पनि आउन आग्रह गर्दछु’ उनले भने, ‘आफैंलाई दुःख दिने बाटोमा नहिडनुस्, आउनुस् मिलेर देश बनाऊँ ।’ उनले अघि थपे-हिमाल पहाड तराई मिलेर नै देशलाई विकास बाटोतर्फ लैजानुपर्छ ।’

अहिले पनि केही पार्टीले संविधानले केही नदिएको भनी हल्ला फिजाएको भन्दै उनले भने, संविधानले दाल भात तरकारी नभई अधिकार दिने हो र लोकतान्त्रिक विधिबाट निर्माण भएको संविधानले सम्पुर्ण नेपालीलाई अधिकार सम्पन्न गरेको छ ।’

सरकार निकै कठिन स्थितिमा गठन भएपनि विकास योजनाका साथ अगाडि बढेको र जनताले देख्ने गरी काम अघि बढ्ने बताए ।

सभालाई सम्बोधनलाई गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनीको विकास अव तीव्र गतिमा हुने र अबको ३ वर्षमा लुम्बिनीको मुहार फेरिने दाबी गरे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment