Friday, February 26, 2016

नेप्सेमा निरन्तर वृद्धि, सूचक १२८३ अंकमा पुग्याे

१४ फागुन, काठमाडाैं । साताको नेप्से परिसूचक लगातार वृद्धि भएको छ । यस साता पहिलो दिनको तुलनामा नेप्से ४.६ अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार गत साताको नेप्से १३.९३ अङ्कले बढेको थियो भने अघिल्लो साता ०.९० अङ्कले वृद्धि भएको थियो ।

नेप्से पाँचाैं साता पनि निरन्तर उकालो लागेको हो । यस साताको कारोबार हुने अन्तिम दिन आज एक हजार २८३.५२ अङ्कमा पुगेको हो ।

स्टक एक्सचेन्जमा १३८ कम्पनी अनुसार ११ हजार ६९६ कारोबारबाट दुई अर्ब ८३ करोड १५ लाख ७३ हजार रूपैयाँ बराबरको ८० लाख १० हजार २४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ११.७३ प्रतिशत बढी हो ।

गत साता १३६ कम्पनीको कारोबार भएको थियो । जसअनुसार १२ हजार ५३१ कारोबारबाट दुई अर्ब ५३ करोड ५५ लाख ५० हजार रूपैयाँ बराबरका ८४ लाख ७० हजार ७५० कित्ता सेयर खरिद बिक्री भएका थिए।

यो साता वाणिज्य बैंक ५.५९, विकास बैंक ६.७९ र वित्त कम्पनीको परिसूचकमा २६.०१ अङ्कले वृद्धि भएको छ भने उत्पादनमूलक समूह र व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन भएको छैन ।

त्यसैगरी होटलको ६०.८३, जलविद्युत् २६.१७ र बीमा समूहको परिसूचकमा ३३.५५ अङ्कले घटेको छ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.२९ अङ्कले बढेर २७७.५१ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्कीम अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार सङख्याको आधारमा नेपाल बङ्गलादेश बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । आइसिएफसी फाइनान्सको २१ लाख ३४ हजार ८४५ हकप्रद सेयर सूचीकृत भएको छ भने मिसन डेभलपमेन्ट बैंकको पाँच लाख ७५ हजार र विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको रु १२ लाख १५ हजार ९७ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले उल्लेख गरेको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment