१४ फागुन, काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकले मंगलबारदेखि निष्काशन गरेको फरदर पब्लिक अपफरिंग (एफपिओ) मा सर्वसाधारणको अत्यधिक अाकर्षण देखिएको छ ।
बैंकले ९० लाख ६९ हजार ३ सय ८८ कित्ता सेयर जारी गरेको एफपिअोमालगानीकर्ताले शुक्रबारसम्म गतेसम्म आवेदन दिन पाउने छन् ।
तर, बिहीबार सम्ममै १४ अर्ब रूपैयाँभन्दा बढीको अावेदन परेको निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।
सर्वसाधारणले बैंकको एक कित्ता सेयरका लागि ६०१ रुपैयाँ तिर्नुपर्ने हुन्छ । बजारमा बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता ९ सय १४ रुपैयाँ छ । बैंकले १०० रुपैयाँ अंकित दरका सेयरमा ५०१ रुपैयाँ प्रिमियम जोडेर सेयर जारी गरेको हो । एफपिअोका लागि लगानीकर्ताले कम्तिमा १० कित्ता र अधिकतम २ लाख कित्तासम्मका लागि देशभर तीन दर्जन बढी स्थानमा आवेदन दिनसक्नेछन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment