महेश ढकाल
कालिकोट । विमान निकै असहज रुपमा उडेको थियो । आकासमा कहिले यता कहिले उता गर्दै हल्लिएकाले के भएछ भन्ने लाग्यो । हेर्दा हेर्दै विमान समथर ठाउँमा गएर दुर्घटना भयो ।
विमानको अगाडिको भाग भूईँमा जोतिएको छ र क्षतिग्रस्त भएको छ । हामी दौडिएर पुग्यौ उद्धार गर्यौं । घाइतेहरुलाई विमानबाट निकाल्यौं । स्थानीय स्वाथ्यकर्मीले सामान्य उपचार गरेका छन् ।
दुई जनाको मृत्यु भएको जस्तो लाग्छ । तर, स्वास्थ्यकर्मीले घोषणा गरेका छैनन् र अहिले प्रहरी पनि पुगेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुलाई तत्काल उद्दारको आवश्यकता छ । तर, नजिकै सडक छैन । एक डेढ घन्टाको बाटो हिड्नुपर्छ । हेलिकोप्टरबाट समयमै उद्दार भयो भने बचाउन सकिन्छ ।
हामीले हेर्दा पाइलटले विमानलाई सहज रुपमा अवतरण गर्ने प्रयास गरेको देखिन्छ । यदि त्यो खेतमा नभएर पहाडतिर ठोक्किएको भए ठूलो मानवीय क्षति हुनसक्थ्यो । तर, समथर ठाउँमा भएकाले धेरै बाँचेका छन् । अब उनीहरुलाई तत्काल अस्पताल पुर्याउन जरुरी छ ।
(उद्दारमा संलग्न ढकालसँग टेलिफोनमा गरेको कुराकानीमा आधारित)
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment