१४ फागुन, काठमाडौं । लगातार दुर्इवटा जहाज दुर्घटनामा परेपछि सरकारले सिंगल इञ्जिनको विमानमा यात्रु बोक्न रोक लगाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आज नेपाल नागरिक उडड्यन प्राधिकरणमार्फत सबै सिंगल इञ्जिन भएका विमानमा यात्रु बोकाउन नपाउने कडा व्यवस्था गर्न निर्देशन दिएको हो ।
हुम्लाका लागि यात्रु लिएर जाँदै गर्दा इञ्जिन फेल भएर बिमान दुर्घटनामा परेपछि पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले सबै सिंगल इञ्जिन विमानको परीक्षण नगरी उडान नगराउन र यात्रु बाकेर उडान भर्न रोक लगाउन निर्देशन दिएका हुन् । अाज दुर्घटनामा परको विमान पनि सिंगल इञ्जिन भएकै हो।
कनुनी व्यवस्थाअनुसार सिंगल इन्जिनका विमानले यात्रु बोक्न पाउँदैनन् । यस्ता विमानले कुनै दुर्गम क्षेत्रमा चार्टर गरे यात्रु लैजान भने सक्छन् । यिनलाई तालिका बनाएर यात्रु बोक्न इजाजत हुँदैन ।
‘नागरिक उडड्यन प्राधिकरणलाई यसमा कडाइ गर्न भनेका छौं । अब सिंगल इञ्जिन भएका विमानले यात्रु बोक्न पाउने छैनन्’ मन्त्री पोखरेले अनलाइखबरसँग भने ।
पाेखरेलका अनुसार निर्देशनपछि सिंगल इञ्जिन विमानमा यात्रु बोकिरहेका गोमा, सीता, र काष्ठमण्डपका केही विमानले यात्रु बोक्न पाउने छैनन् ।
दुर्गम क्षेत्रमा सामान ढुवानी गर्नुपर्ने बिमानमा यात्रु राख्दा ठूलो मानवीय क्षति बेहोर्नुपरेपछि बल्ल सरकारले कानुन कार्यान्वयनमा चासो देखाएको हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment