काठमाडौं, १४ फागुन । नेपालबाट चीनलाई तह लगाउन भारतले अर्काे चाल चलेको छ ।
भारतले सहयोगको बहानामा ठाडो हस्तक्षेप गर्दै नेपालको अनुमतिविना उत्तर प्रदेशको बरौनीदेखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्वे तयारी थालेको छ ।
चीनले तिब्बतसम्म आइसकेको रेलमार्ग काठमाडौं ल्याउन तयारी गरिरहेका बेला भारत नेपाललाई नसोधेरै काठमाडौंसम्म रेल नेटवर्क ल्याउने तयारीमा लागेको हो ।
शुक्रबार भारतका रेलमन्त्री सुरेश प्रभुले आफ्नो दोस्रो रेल बजेटमा दिल्ली–काठमाडौं रेल नेटवर्क जोड्न सर्वे गर्ने योजना सार्वजनिक गरेका छन् ।
रेलमन्त्रीले उत्तर प्रदेशको बढनी स्टेशनलाई नेपालको काठमाडौंसँग जोड्नका लागि रेल नेटवर्कको सर्वे गर्न मञ्जुरी दिएका हुन् । यो क्षेत्रको दुरी करिब ३६० किलोमिटर छ र यसका लागि बजेटमा ५४ लाख रुपैयाँ छुट्याइएको छ । यसलाई सबैभन्दा महत्वपूर्ण प्रजोक्ट मान्दै भारतले तुरुन्तै अगाडि बढाउने जनाएको छ ।
भारतीय पत्रिका नवभारत टाइम्सका अनुसार काठमाडौंसँग सिधा रेलमार्ग जोडिएमा नेपालमा भारतको व्यापार अझै बढ्नेछ । तर, नेपाल अझै बढी मात्रामा भारतमाथि निर्भर हुनेछ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment