वीरगञ्ज, १४ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता सुरेन्द्रप्रसाद चौधरीले पार्टी परित्याग गरेका छन् ।
वरिष्ठ नेता शेरबहादुर देउवाको दाहिने हातका रुपमा चिनिने नेता चौधरीले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
अब नयाँ पार्टी निर्माण गर्ने घोषणा पनि उनले गरेका छन् । ‘फोरमका अध्यक्ष उपेन्द्र यादवजी, समाजसेवी रविन्द्र मिश्रजीसँग छलफल भइरहेको छ,’ उनले भने, ‘उपेन्द्रजीले तपाईं आउनुभयो भने पार्टीको नाम परिवर्तन गर्छु भन्नुभएको छ । छिट्टै निर्णय लिन्छु ।’
पर्सा जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले पर्सा जिल्ला अधिवेशनमा पराजित भएपछि सांसदसहित साधारण सदस्यतासमेत नरहने गरि पार्टी परित्याग गरे ।
पार्टीको छाड्नुको अर्काे कारण खुलाउँदै चौधरीले कांग्रेसमा गैरलोकतान्त्रिक प्रवृत्ति हावी भएको भन्दै आफू पार्टी छाड्न बाध्य भएको बताए ।
चौधरीले पार्टी छाडेसँगै सभापतिका उम्मेदवार देउवालाई धक्का लागेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment