Monday, March 7, 2016

धम्क्याएर रकम असुली गर्ने गिरोहको त्रासमा वीरगन्ज

२५ फागुन, काठमाडौं ।  वीरगन्जमा उद्योगी, व्यवसायी, कर्मचारी तथा शिक्षकलाई धम्क्याएर रकम असुली गर्ने गिरोह सक्रिय भएको छ ।

मधेस आन्दोलनपछि व्यापारिक प्रतिष्ठान, निजी अस्पताल, विद्यालय, सरकारी कार्यालय तथा विद्यालयमा रकम माग गर्दै मधेस र थरुहट नाम जोडिएका विभिन्न संगठनको पत्र तथा धम्कीपूर्ण फोन आउने गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

‘मधेस मुक्तिका नाममा असुली गर्ने गिरोह सक्रिय हुँदा वीरगन्जका व्यवसायी त्रसित छन्’ वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने, ‘६ महिनाको आन्दोलनले अर्बौं क्षति भएको मुलुकको प्रमुख आर्थिक केन्ऽका व्यवसायी अहिले मधेसवादी भूमिगत संगठनको नाममा असुली तथा धम्कीले आहत छन् ।’ उनका अनुसार आन्दोलनपश्चात उद्योगी, व्यवसायीलाई धम्क्याएर रकम असुली गर्ने गिरोह नै अहिले सक्रिय छ ।

फोनबाट धम्की दिएर फिरौती  माग्ने आतंक केही बर्ष रोकिएको भएपछि पछिल्लो मधेस आन्दोलन पछि यस्ता क्रियाकलापमा बृद्धि भएको भन्दै उद्योगव्यवसायी, शिक्षक चिन्तित बनेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment