काठमाडौं – माओवादी आन्दोलनमा प्रचण्ड र डा.बाबुराम भट्टराईको भूमिका, उनीहरुको राजनीतिक, व्यक्तिगत तथा पारिवारिक सम्बन्ध र एमाओवादीबाट बाबुरामको बर्हिगमनमाथि लेखिएको पुस्तक ‘डिभोर्स’को आज काठमाडौंमा विमोचन हुँदैछ । पुस्तक रातोपाटी अनलाइनका समाचार सम्पादक नेत्र पन्थीले लेखेका हुन् ।
पुस्तक विमोचन र वहसमा उपप्रधानमन्त्री एवं उर्जा मन्त्री तथा एकीकृत माओवादीका सचिव टोपबहादुर रायमाझी, नेकपा क्रान्तिकारी माओवादीका प्रवत्ता पम्फा भुसाल, नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल र क्रान्तिकारी माओवादीका महासचिव मणि थापा सहभागी हुनेछन् । विमोचन कार्यक्रम आज बिहान ११ः३० बजे वानेश्वरस्थित अल्फाविटा कम्पेलेक्समा शुरु हुनेछ ।
पुस्तकले प्रचण्ड र बाबुरामबीचको २५ बर्षे सम्बन्धमा सबै उतार चढाव खोल्ने प्रयत्न गरेको छ । साथै नयाँ शक्तिको बहस प्रवेशदेखि माओवादीहरुबीच एकताका लागि भएका पछिल्ला र भित्रि प्रयास पनि कोट्याएको छ । पुस्तकले प्रचण्ड–वैद्य, बाबुराम–वैद्य, प्रचण्ड–बादल र बाबुराम–नारायणकाजीबीचको सम्बन्धका केही पाटाहरु पनि खोतल्ने प्रयास गरेको छ ।
पुस्तक ३८० पृष्ठको छ । मुल्य रु. ४२५।– छ भने विमोचन अफरका रुपमा कार्यक्रममा सहभागीले ३०० रुपैयाँमा पाउँनेछन् ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेका पन्थीले यसअघि ‘माओवादीभित्र अन्तरसंघर्ष’, ‘जनयुद्धमा प्रेम, विवाद र यौन’ लगायतका पुस्तक लेखिसकेका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment