लोग्नेस्वास्नीबीच टेलिभिजनको च्यानल बदलेको विषयमा उठेको विवाद यति उग्र भएको छ की मामिला पुलिससम्मै पुगेको छ ।
घटना टर्कीको हो । यहाँका एक व्यक्तिले टेलिभिजनमा च्यानल बदलेको भन्दै आफ्नै श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् ।
टेलिभिजनमा राष्ट्रपतिको विषयमा समाचार बजिरहेका बेला श्रीमतीले उक्त च्यानल बदलेर अर्को च्यानल लगाएको र स्वास्नीले यसो गर्नु लाजमर्दो तथा राष्ट्रपतिको मानहानी भएको भन्दै उनले अदालतमा मानहानीको मुद्दा हालेका हुन् ।
पेशाले ड्राइभर रहेका अलि दिनाक नामका पुरुषका अनुसार टेलिभिजनमा देशका राष्ट्रपतिको बारेमा समाचार वा कुनै कार्यक्रम आउँदा उनले नछुटाइकन हेर्ने गर्छन् । राष्ट्रपतिले देश तथा सबैको भलाइको कुरा गर्दछन् । राष्ट्रपति बोलिरहेको बेला टेलिभिजन च्यानल बदल्नु उनीप्रतिको अपमान भएको जिकिर दिनाकको छ । त्यसैले उनले आफ्नी स्वास्नीको विरुद्धमा प्रहरीमा उजुरी दिएका हुन् ।
उनी भन्छन् पत्नीले यदि मेरो बेइज्जत गरेको भए सहन्थेँ तर राष्ट्रपतिको यस्तो मानहानी यदि मेरो बाउले गरेभने पनि मैले सहन सक्दिन र यस्तै हालत बनाइदिन्छु । श्रीमतीले फेरिपनि यस्तै गरेमा आफुले कडा रबैया अपनाउने उनको धम्की छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment