Monday, March 7, 2016

गगन थापालाई खुलापत्र : ‘रअ’को एजेन्ट बनेपछि तपाईंबाट के आशा गर्ने ?

गगनजी,
सकेसम्म अभिभादन स्वीकार्नु होला । नत्र नमस्कार ।

नेपालको परिवर्तनका हरेक संघर्षका आरोह अवरोहमा धेरै ठूलो योगदान पु¥याएकै कारण नेपाली कांग्रेस आजको स्थानमा छ । कम्युनिस्ट भन्दा ३ वर्ष पहिले स्थापित नेपाली कांग्रेसले लामो समयसम्म नेपालको राजनीतिमा एकलौटी राज गर्दै आयो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउनमा नेपाली कांग्रेसले वीपीको राष्ट्रिय मेलमिलापको नीति अनुसरण गरी अन्य दलसँग पनि सहकार्य गरी आन्दोलनमा होमिएकै हो । आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । तर नेपाली कांग्रेसले २००७ सालदेखि भन्दै र लगाउँदै आएको प्रजातन्त्रको नारा अझै लगाउन छाडेको छैन । स्व. वीपीले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई भनेका थिए– ‘हरेक नीति र योजना बनाउँदा गरिबका झुपडी, गरिबका नांगो शरीर, गरिबको खाली पैतला, गरिबको भोक र प्यास हेरेर बनाउनु ।’ तर मुलुकमा आजसम्म २७ चोटी भन्दा बढी सरकारको नेतृत्व समालेको नेपाली कांग्रेसले वीपीको समाजवाद, राष्ट्रियताका लागि राष्ट्रिय मेलमिलाप नीति, जनताको अधिकार सुनिश्चिताका लागि प्रजातन्त्र भन्ने नारा वीपीसँगै गएछ भन्दा केही फरक पर्दैन । आफूले विगतमा गरेको कामको नेपाली कांग्रेस अझै गर्व गर्छ, तर समयअनुसार परिवर्तित भएर आफ्नो नीति तथा कार्ययोजना फराकिलो बनाउन सक्दैन । वीपीको नाम बेचेर कांग्रेसले नेपाली जनतालाई नै भ्रममा पारिरहेको छ । भारतको ठूलै लगानीमा जनतालाई भ्रमित पार्ने काममा पनि कांग्रेस सक्रिय भइरहेको छ । यसैबीचमा कांग्रेस १३ औं महाधिवेशनमार्फन् आफ्नो नयाँ नेतृत्व चयनको प्रक्रियामा पनि छ ।

Anmol

अनमोल अबिनाश

गगनजी,
जतिबेला नेपाली जनताले निरंकुश, सामन्ती राजतन्त्रका विरुद्धमा हरेक बस्ती बस्तीमा लोकतन्त्रका नारा घन्काइरहेका थिए । त्यो बेला तपाईं नेपाल विद्यार्थी संघको हर्ताकर्ता हुनुहुन्थ्यो । त्यतिबेला तपाईंमा देखिएका उर्जा, क्षमता, सम्भावना र सञ्चारमाध्यमको थप खुराकका कारण चर्चित बन्नुभयो । जसरी कुनै समय बाबुराम भट्टराई अर्थमन्त्री हुँदा चर्चित बनेका थिए त्यस्तै तपाईंमा देखिएका सम्भावनाका कारण तपाईं पनि हरेक युवाबीच लोकप्रिय हुनुहुन्थ्यो । अघिल्लो महाधिवेशनमा कांग्रेसको केन्द्रीय समितिमा तपाईं विजय हुँदा अब नेपाली कांग्रेसभित्र परिवर्तनसहितको ठोस भिजन र कार्य योजना बन्ने भयो भन्नेमा सर्वसाधारणसमेत ढुक्क थिए । तर तपाईंले कांग्रेसको गद्धारीपन र राष्ट्रघातविरुद्ध कहिल्यै बोल्न सक्नुभएन् । संविधानसभाको दोस्रो निर्वाचनमा पनि तपाईं विजयी हुनुभयो । त्यतिबेला युवाको मनोभावना तपाईंमार्फत् संविधानमा समेटिन्छ भन्नेमा पनि हामी ढुक्क थियौं । विडम्बना गगनजी, तपाईंमा हामीले देखेका सम्भावना तुवाँलोले छोपिदिएछ । हामीले देख्दा देख्दै तपाईंले देख्न छोड्नुभयो । भारु गुटमुटाएर आफूले आफूलाई नै रतन्धो रोगी सावित गरेपछि हाम्रो के नै लाग्यो र ?

दलाली र भारत भक्तिलाई तपाईं जस्ता युवाले राष्ट्रियताको सवालमा केन्द्रीत गरि नेपाली जनताको सम्मृद्धि र नेपालको विकासतर्फ मोड्नुपर्ने ठाउँमा आफैं दलाली अर्थात् ‘रअ’को एजेन्ट बनेपछि तपाईंले महामन्त्रीमा जिते पनि तपाईंको राजनीतिक भविष्य के होला त्यता पनि आफ्नो ध्यान केन्द्रीत गर्नुहोला ।

गुन्डागर्दीको विरोध गरेको खुब सुनें र तपाईंले त्रिचन्द्र कलेजका बार भत्काएको, क्याम्पस फोडेको, एकले अर्काको टाउको फुटाएको र बाटो ढुकेर अर्को संगठनका नेताहरूलाई खुकुरी प्रहार गरेको घटना नविर्संदै तपाईं आफ्नो दाहिने हात कुमार घैंटे प्रकरणलाई बोकेर राष्ट्रिय मानव अधिकार आयोग गुहार्न पुग्नुभयो । जबकी केही दिन अगाडि उही अपराधका अभियुक्त दिनेश अधिकारी मारिँदा गुन्डा मारिएका थिए तपाईंकै भाषामा ।

गगनजी,
तपाईंले कांग्रेसको महामन्त्रीका लागि उम्मेदवारी दिनुभयो जसका कारण युवा पंक्तिमा छुट्टै उर्जा थपिएको थियो । तसर्थ म लगायत हामी युवा जगतले तपाईं ब्यक्तिको बिलकुल समर्थन गरेका थिएनौँ । गरेका थियौं त युवा पुस्ताको । बुझ्दै भन्दै जाँदा कुरो भित्रको यथार्थ चुरो भिन्दै रहेछ । नेपाली कांग्रेसको नेतृत्व जहिले पनि भारतकै इच्छानुसारको ब्यक्तिले हात पार्ने प्रचलन छ । त्यतिकै कोइराला खानदानले भारतलाई खुसी पार्न नदीनालासँगै भारतकै फाइदाका लागि राष्ट्रघाती सन्धी सम्झौता गरेका थिएनन् । पछिल्लो चरण संविधान निर्माणका लागि भारतको कुरै नसुनि स्व. सुशील कोइरालाले गरेको राजनीतिक एकताका कारण उहाँको मृत्युमा पनि रहस्य लुकेकै छ । तथापि सोही कारण आफूले भनेको नमानेकै कारण भारतले यसपालि संस्थापन पक्षलाई हराउने उसको योजना नै छ र थियो ।

गगन थापालाई अमरेश कुमारले ‘रअ’को सदस्य बनाएका हुन् भन्ने हल्ला बजारमा सेलाउन नपाउँदै तपाईं र कृष्णप्रसाद सिटौलालाई प्रयोग गरी ‘रअ’ ले संस्थापन पक्षको मत कटौती गरी शेरबहादुर देउवालाई जिताउन तेस्रो शक्तिको रूपमा उभ्याएको प्रस्ट भएको छ ।
लिपुलेक र राष्ट्रिय अखण्डताको विषयमा सुदूरपश्चिमका भीम रावल, लेखराज भट्टहरु जोडका तोडले तात्तिँदा शेरबहादुर देउवाले म नेपालमा भए पनि म भारतकै छोरो हुँ भनेका शब्द र प्रतिनिधि बसेका होटलमा पठाइएका बोरा र बाँडिएका ज्याकेट नै उहाँको जित्ने आधार हुन् ।

बजारमा आए अनुसार सिटौलालाई कुनै बाह्य शक्तिले प्रयोग गरेको छ । उनलाई प्रयोग गर्नुमा संस्थापन पक्षलाई हराउनु नै प्रमुख कारण हो तसर्थ सिटौलाको टिम तेस्रो बन्छ र भारतको इच्छाअनुसारका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन हुने भएकाले देउवाको जित निश्चित छ ।

लाटो लड्छ सजिलै उठ्छ तर बाठो लड्यो भने नराम्ररी थेचारिन्छ र हत्तपत्त उठ्न सक्दैन । यो भनाइ गगनको राजनीतिमा मेल खाने प्रवल सम्भावना छ । यदी गगन अरूबाट सञ्चालित नभएको खण्डमा पनि उनलाई कांग्रेसभित्र दोस्रो पुस्ताको नेताको रूपमा लिइन्छ । जस्तो बाहिर लोकप्रिय छन् त्यो भन्दा बढी उनी पार्टी भित्र दबिएका र हेपिएका ब्यक्ति हुन् । यसपालि भने कसैको उक्सावटमा संस्थापन पक्षलाई हराउन खोज्दा गगनले आफ्नै अस्तित्वको जुवा हार्ने सम्भावना प्रवल देखिन्छ ।

गगनजी, तपाईं जतिको ब्यक्ति राष्ट्र र राष्ट्रियताका लागि समर्पित हुनुपर्ने ठाउँमा राष्ट्रघाति बनेर सिमित स्वार्थमा लिप्पिएर दलाली गर्दा अब देशले युवा पुस्तालाई हेर्ने दृष्टि के होला ?

लिपुलेक, मधेस आन्दोलन र भारतको नाकाबन्दीको विषयमा अन्धताको भुमरीमा अल्झेर मालिकको नुनको सोझो गर्ने पनि तपाईं र तपाईंकै पार्टी, राष्ट्रियताको नारा लगाएर कहिले नथाक्ने तपाईं कांग्रेसीहरुले लिपुलेक सुशील कोइरालाले बेच्दा किन बोलेनन् ? मुलुक संघीयतामा गइसकेको छ तसर्थ अबका दिनमा कांग्रेसको संरचना र नीति कस्तो हुन्छ ? नेपाली जनतालाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको हुईम फिँजाएर राष्ट्रिय स्वामित्वमा रहेका उद्योग, कलकारखाना निजीकरण गरी स्वाहा पार्दै समाजवादी बन्ने नेपाली कांग्रेसको भारत भक्ति र दलाली आखिर कहिलेसम्म ?

दलाली र भारत भक्तिलाई तपाईं जस्ता युवाले राष्ट्रियताको सवालमा केन्द्रीत गरि नेपाली जनताको सम्मृद्धि र नेपालको विकासतर्फ मोड्नुपर्ने ठाउँमा आफैं दलाली अर्थात् ‘रअ’को एजेन्ट बनेपछि तपाईंले महामन्त्रीमा जिते पनि तपाईंको राजनीतिक भविष्य के होला त्यता पनि आफ्नो ध्यान केन्द्रीत गर्नुहोला । धन्यवाद ।

– अनमोल अबिनाश
रामेछाप


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment