काठमाडौ, २५ फागुन । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई महामन्त्री कृष्णप्रसाद सिटौलासँगको दुश्मनी निकै महँगो साबित भएको छ ।
सिटौलासँगको दुश्मनीका कारण दुई दशकसम्म एकछत्र नेतृत्व गरेको कोइराला परिवारको समर्थनसहित संस्थापन पक्षको आधिकारिक उम्मेदवार बनेका पौडेल वरिष्ठ नेता शेरबहादुरसँग पराजित हुनु परेको हो ।
कांग्रेस नेताहरुको तत्कालीन सभापति सुशील कोइरालाका सहयोगी रहेपनि एक अर्कालाई इग्नोर गर्ने शैलीकै कारण सिटौलाले पौडेललाई स्वीकार गर्न नसकेका हुन ।
सोही कारण उनी पौडेललाई पार्टी नेतृत्वमा पुग्न नदिन योजनाबद्ध रुपमा अघि बढेको समाचार राजधानी दैनिकले छापेको छ ।
सभापति सुशील कोइरालाकै प्रस्तावमा संविधानसभाको संवैधानिक समिति सभापति बनेका सिटौलालाई अस्वीकार गर्दै पौडेलले समितिनै बहिष्कार गरेपछि दुई नेताबीचको इगो समस्या बाहिर आएको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment