Monday, March 7, 2016

७० वर्षमा ४९ वर्ष कांग्रेसमा कोइराला परिवार, देउवा कोइराला खानदानबाहिरका तेस्रो सभापति

२५ फागुन, काठमाडौं । कृष्णप्रसाद भट्टराईलाई विस्थापित गर्दै ०५३को नवौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति भएका थिए । गिरिजाप्रसादले १४ वर्ष र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरे । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । २० वर्षअघि भट्टराईले कोइरालालाई छाडेको जिम्मेवारी देउवाले फिर्ता लगेका छन् ।

कांग्रेसमा कोइराला परिवारका चार सभापति भए । २००३ मा राष्ठ्रिय कांग्रेसको स्थापनायता बीपीले पाँचपटक गरी २५ वर्ष, मातृकाप्रसादले दुईपटक गरी ४ वर्ष, गिरिजाप्रसादले तीनपटक गरी १४ वर्ष र सुशील कोइरालाले कार्यबाहकसहित दुईपटक गरी ६ वर्ष कांग्रेसको नेतृत्व गरे ।

कांग्रेसको सातौं महाधिवेशनले ०१६मा बीपीलाई सभापतिमा चयन गरेको थियो । तर, २०१७मा पञ्चायती व्यवस्था आएपछि महाधिवेशन हुन सकेन । ०३४मा बीपीले स्वास्थ्यको कारण देखाई कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापति बनाए ।

कांग्रेसको इतिहासमा दुई वर्ष नेतृत्व गर्न पाउने नेता हुन् सुवर्णशमशेर । उनले २०१२ देखि ०५४ सम्म् सभापतिको रुपमा कांग्रेसको नेतृत्व गरेका थिए । कोइराला खानदानबाहिर भट्टराई सुवर्णपछि तेस्रो नेताका रुपमा उदाएका छन् शेरबहादुर देउवा ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment