काठमाडौं, २४ फागुन । दोस्रो चरणको मतदानमा सभापति पदका लागि समर्थन जुटाउने क्रममा कार्यबाहक सभापति रामचन्द्र पौडेल सानेपा पुगेर फसेका छन् ।
ठूलो आशा बोकेर त्यहाँ पुगेका पौडेल नेता खुमबहादुर खड्काको फेला परेपछि फसेका हुन् । खासमा उनी भोट भाग्न गएका थिए । तर, खुमबहादुरले उल्टै भोट मागेपछि पौडेललाई फसाद पर्यो ।
‘तपाईले मलाई सभापतिमा सपोर्ट गर्नुपर्यो । जे भन्नुहुन्छ म गर्न तयार छु’ रामचन्द्रले भने । जवाफ फर्काउँदै खुमबहादुरले भने– त्यसो हो भने पहिला वरिष्ठ नेता शेरबहादुर देउवालाई समर्थन गर्नुस् । अनि म मान्न तयार छु ।’
यति कुरा भइसकेपछि खुमबहादुरले ‘तपाई जस्तो पाको नेताले यसरी विभाजन ल्याउँदै हिड्ने’ भनेर पाठ पठाउँदै साप थर्काएका थिए । त्यसपछि पौडेल कालोनिलो मुख लिएर निस्किए ।
यसैगरी खड्कालाई भेट्न पुन मतदान हुने निर्णय भए लगत्तै विहान रामचन्द्र पौडेल, शशांक कोइराला र शेखर कोइराला खड्का निवास सानेपा पुगेका थिए । उनीहरुलाई पनि खड्काले देउवालाई सर्वसम्मत गर्न आग्रह गरेका थिए ।
‘रामचन्द्रजीहरु आउनु भएको थियो, मैले तपाईलाई सहयोग गर्न सक्दिन, शेरबहादुरजीलाई सर्वसम्मत गर्नुस् भनेर पठाई दिए’ खड्काले सञ्चारकर्मीसँग भने ।
कांग्रेस सभापतिका लागि अहिले २ वजेदेखि दोस्रो चरणको मतदान हुदैछ । कांग्रेस विधानमा पहिलो चरणमा कसैले पनि पचास प्रतिशत मत नल्याए धेरै मत ल्याउन दुई उम्मेदबारबीच पुन मतदान हुने प्रावधान छ ।
नेता खड्काले दोस्रो पटक हुन लागेको कांग्रेस सभापति निर्वाचनमा शेरबहादुर देउवालाई मतदान गर्न कांग्रेसका सबै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई आग्रह समेत गरे ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment