२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापतिको अन्तिम मत परिणाम घोषणा नहुँदै मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर शेरबहादुर देउवाका समर्थकहरु जम्मा भइसकेका थिए । त्यहाँ देउवाचाहिँ उपिस्थत थिएनन् ।
सभापतिमा देउवाको जित सुनिश्चित भइसकेपछि उनीहरुले नाराबाजी गर्दै खुसी मनाए । हातमा पार्टीको झण्डा बोकेका उनीहरुले नाराबाजी गर्दै ‘देउवा हाइहाइ, पौडेल बाइबाइ’को समेत भने ।
तर, मध्यरातमा मतपरिणाम आएकाले देउवा आफ्ना समर्थकहरुमाझ उपस्थित हुन सकेनन् । उनी मतगणना सुरु भएपछि घरतिर लागेका थिए । मत परिणाम घोषणा भएपछि आउने कुराकानी भएको थियो । तर, राति अबेर भएको भन्दै आएनन् ।
देउवाकाे जितको खुसी मनाउँदै रामचन्द्र पाैडेलकाे विराेधमा समेत नारा लगाइरहेका समर्थकहरुलाई राेकेर नेता गोविन्दबहादुर शाहीले नवनिर्वाचित सभापति देउवाको सन्देश सुनाए ।
देउवासँग आफ्नो फोन सम्वाद भएको भन्दै शाहीले चुनावी परिणामलाई हारजितको रुपमा नलिन आग्रह गरे । देउवाले आफू सबैलाई मिलाएर अघि बढ्ने र सबैलाई अवसर दिने बताएको शाहीले कार्यकर्ताहरूलार्इ सुनाए ।
शाहीले देउवाको यस्ताे सन्देश सुनाएपछि समर्थकहरु उत्तेजक नारा लगाउन छाडेर घरितर फर्किएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment