काठमाडौं – यस शताब्दीको अन्त्यसम्ममा फेसबुकमा जिवितभन्दा धेरै मरेका व्यक्तिहरुको प्रोफाइल हुने अध्ययनकर्ताहरुले बाएका छन् । हाल १.५ बिलियन प्रयोगकर्ता रहेको फेसबुक सन् २०९८ सम्ममा संसारकै सबैभन्दा ठूलो ‘भर्चुअल चिहान’ हुने उनीहरुको दाबी रहेको छ ।
फेसबुकले आफै मृत प्रयोगकर्ताको प्रोफाइल नहटाउने नीति अख्तियार गरेको कारण जिवित व्यक्तिको प्रोफाइल संख्यालाई मृत व्यक्तिको प्रोफाइलले उछिन्ने बताइएको छ । म्यासेचुसेट विश्वविद्यालयमा विद्यावारिधी गर्दै गरेका हाचेम सादिकीले उक्त अनुमान प्रस्तुत गरेका हुन् । अमेरिकीमा ७० प्रतिशत व्यस्कले फेसबुक प्रोफाइल बनाएका छन् भने बेलायतमा त्यसको संख्या ५० प्रतिशत रहेको छ । यही आधारमा फेसबुकको प्रयोगकर्ताको बृद्धिमा खासै प्रगति नहुने बताउँदै उनले उक्त अनुमान प्रस्तुत गरेका छन् ।
फेसबुकले हाल मृत व्यक्तिको प्रोफाइल बन्द नगरी राख्ने गरेको छ । उक्त प्रोफाइल बन्द गर्न कसैलाई व्यक्तिको पासवार्ड नै थाहा हुनुपर्नैछ ।
सन् २०१० मा ३ लाख ८५ हजार फेसबुक प्रयोगकर्ताको निधन भएको थियो भने सन् २०१२ मा ५ लाख ८० हजार को निधन भएको थियो । यस वर्ष यो संख्या ९ लाख ७० हजार पुग्ने अनुमान गरिएको छ ।
फेसबुकमा जिवितभन्दा मृत व्यक्तिको प्रोफाइल हाबी हुने विषयमा फेसबुकलाई प्रश्न गर्दा फेसबुकले केही कमेन्ट गर्न मानेन । पछिल्लो समय यस विषयलाई लिएर निकै विवादहरु सृजना भएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment