आधुनिक युवा पुस्ताले रामायण र महाभारतको कथालाई किंबदन्तीकोरुपमा मात्रै बुझ्ने गर्छन् । अब उनीहरुले आफ्नो बुझाई सच्याउनुपर्ने अवस्था सिर्जना भएको छ । किनकी अमेरिकी वैज्ञानिकहरुले रामायणमा उल्लेख भएको पाताल लोक तथा रामायणमा उल्लेख भएका कहानीलाई सत्य सावित गर्ने तथ्यहरु भेट्टाएका छन् ।
रामायणमा उल्लेख गरिएको छ, ‘यही स्थानबाट हनुमानले राम र लक्ष्मणलाई पातालपुरीको राजा अहिरावणको पञ्जाबाट मुक्त गराएका थिए । उक्त स्थानमध्य अमेरिकी महाद्वीपमा पूर्वीहोण्डुरसको जंगलमूनि रहेको छ । अमेरिकी वैज्ञानिकहरुले लाइडर प्रविधिबाट उक्त स्थानको थ्रिडी नक्सा तयार गरेका छन् । जसमा जमिनको गहिराइमा गदाजस्तो हतियार लिएको बाँदर देवताको मूर्ति रहेको पुष्टि भएको छ ।
स्कूल अफ म्यानेजमेन्ट साइन्सेजका निर्देशक तथा वैदिक विज्ञान केन्द्रका ईञ्चार्ज प्रो. भरतराज सिंहले भने, ‘पहिलो विश्व युद्धपछि एक अमेरिकी पाइलटले होण्डुरसको जंगलमा केही अवशेष देखेका थिए । अमेरिकी पत्रिका ‘डेली टाइम्स ग्याजेट’का अनुसार यस सहरबारे पहिलो जानकारी अमेरिकी खोजकर्ता थिंयोडोर मोर्डले सन १९४०मा दिएका थिए । एक अमेरिकी पत्रिकामा उस प्राचीन सहरमा बाँदर देवताको पूजा हुने गरेको कुरा लेखेको थियो, तर उसले त्यसको कारण खुलासा गरेन । पछि रहस्यमयी तरिकाले थिंयोडोरको मृत्यु भयो, उनको मृत्यु अझै रहस्यकै घेरामा छ ।
करीब ७० वर्षपछि अमेरिकी ह्यूस्टन यूनिभर्सिटी तथा नेशनल सेंटर फर एयरबोर्न लेजर म्यापिङ्गका वैज्ञानिकले होण्डुरसको घना जंगलमा मस्किटिया नामक स्थानमा लाइडर नामक प्रविधिको सहयोगमा जमिनको गहिराइको थ्री-डी नक्साङ्कन गरे, जसमा प्राचीन रामायणमा उल्लेख भएको पाताल लोकनामक प्राचीन सहर पत्ता लाग्यो । यसक्रममा जंगलकोमाथिबाट विमानको सहायतामा अर्बौं लेजर तरङ्ग जमिनमा फ्याँकिएको थियो । यसरी थ्री-डी डिजिटल नक्सा तयार भयो । थ्री-डी नक्सामा जमिनमूनिको गहिराईमा मानव निर्मित कैयन बस्तु देखियो । यसमा हातमा गदाजस्तो हतियार लिएर घुँडा टेकेको भीमकाय बाँदरको मूर्ति पनि सामेल थियो ।
होण्डुरस सरकारले सो एेतिहासिक जंगलमा अनुसन्धान गर्न प्रतिबन्ध लगाइपछि यसबारे थप खोज हुन सकेको छैन । अमेरिकी इतिहासकार पनि मान्छन्, ‘पूर्वी होण्डुरसको घना जंगलस्थित मस्किटिया नामको इलाकामा हजारौं वर्ष पहिले एक गुप्त सहर थियो । त्यहाँका मानिसशरु एक भीमकाय बाँदर मूर्तिलाई पूजा गर्दथे ।
प्रो. भरतराज सिंहले भने, ‘बंगाली रामायणमा पाताल लोकको दूरी १००० योजन रहेको भनिएको छ । जुन लगभग १२ हजार ८०० किलो मिटर हुन्छ । यो दुरी सुरुङको माध्यमबाट भारत र श्रीलंकाको दूरी बराबर छ । रामायणमा वर्णन छ कि, ‘अहिरावणको कब्जाबाट भगवान राम र लक्ष्मणलाई छुटाउनका लागि हनुमानले पातालपुरीका रक्षक मकरध्वजलाई हराउनु परेको थियो । मकरध्वज बजरंगबलीकै पुत्र थिए, उनको स्वरुप पनि बजरंगबलीजस्तै थियो । अहिरावणको बधपछि रामले मकरध्वजलाई नै पातालपुरीको राजा बनाइदिएका थिए । जमिनमूनी भेटिएको सो बाँदरको मूर्तिप्रतिबारे अनुसन्धानकर्ताहरुको निष्कर्ष छ, त्यहाँका मानिसहरुले सोही समयदेखि मकरध्वजको मूर्ति पुज्ने गरेका थिए ।
साभारः साझा पोष्ट
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment