यो दुनियामा कुनै महिला यतिसम्म क्रुर हुनसक्ला, जसले आफैले जन्माएको नवजात शिशुलाई नै खाने प्रयास गर्छ ?

ली जेंगहुवा नामकी ती महिलालाई गर्भवती अवस्थामै घरपरिवारले घरनिकाला गरेका थिए । उनी सडकमै बसेर गुजारा गरिन् र उनको पेटको बच्चा हुर्किँदै गयो । एक दिन उनलार्य प्रसव पीडा भएपछि स्थानीय मानिसहरुले उनलाई अस्पतालमा पूराए । अस्पतालमा उनले छोरा जन्माइन् ।
ती महिलाको मानसिक अवस्था बिगि्रएको थियो । पुलिस तथा अस्पतालका अधिकारीहरुले पटक पटक सोधखोज गर्दा पनि उनले आफ्नो घर तथा लोग्नेको नाम बताउन सकिनन् र उनलाई तत्कालका लागि अस्पतालमै राखियो । तर एकदिन यस्तो घटना भयो, जसले अस्पतालका नर्स तथा डाक्टरहरुको होसहवास उड्यो ।
आफ्नो बच्चा जन्माएको ४ दिनपछि ती महिलाले आफ्नो डरलाग्दो रुप देखाउन सुरु गरिन् । ती महिला नरभक्षी जस्तै आफ्नो नवजात शिशुलाई चपाउन थालिन् । उनले बच्चाको हातपाखुरा यसरी चपाएकी थिइन् र बच्चा रगताम्य भएको थियो ।
जब ड्युटीमा रहेकी नर्शले यो भयानक दृशय देखिन् त उनी चिच्याइन् र तत्कालै बच्चालाई ती नरभक्षी आमाबाट खोसिन् । आमाबाट चपाइएको बच्चाको उपार भैरहेको छ । मानसिक रोगबाट प्रताडित आमाको पनि उपचार भैरहेको बताइएको छ ।
from Nepal123.com - जन्माइसकेपछि आफ्नै बच्चालाई चपाइन् महिलाले
No comments:
Post a Comment