राजनीति, अर्थशास्त्र र समाजशास्त्रका विद्यार्थीका लागि कार्ल मार्क्स कुनै नौलो नाम होइन । तर उनीसँग सम्बन्धित केही रोचक तथ्यबारे भने थोरै मानिसलाई मात्रै थाहा हुन सक्दछ । के के हुन त मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ ?
तथ्य नं. १
कार्ल मार्क्सलाई प्राय समाजवादमा जनक भनेर थेरैले चिन्ने गरेका छन् । यो कुरा विल्कुल मिथ्या हो । उनी भन्दा पहिला नै समाजवाद भन्ने शब्द सत्रौं तथा अठारौं सताब्दीका युरोपेली विद्वानहरुले प्रयोगमा ल्याएका थिए । राजतन्त्रका कारण निकै पिछडिएको समाज तथा मानिसको खस्कँदो जीवनस्तर देखेर रुसो, क्याबेट, फूरियर तथा प्रध्वा जस्ता लेखकहरुले एउटा आदर्श राज्य व्यवस्थाको कल्पना गर्दै थुप्रै लेख लेखेको पाइन्छ । र, त्यस्ता लेखहरुमा समाजवादको वकालत गरिएको पनि छ ।
यसरी उनी भन्दा पहिला नै समाजवादीहरु थिए तर उनीहरुलाई मार्क्सले काल्पनिक समाजवादी भनिदिए भने आफू अलि वैज्ञानिक समाजवादको पक्षमा रहेको कुरा आफ्ना लेखमार्फत् व्यक्त गरिदिए ।
तथ्य नं. २
मार्क्स स्वअध्ययनले मात्रै दार्शनिक थिएनन् बरु उनले त दर्शनशास्त्रमा जेना विश्वविद्यालयबाट विद्यावारिधि पनि गरेका थिए । उनले विद्यावारिधिको डिजर्टेसन अणु, समय तथा पुच्छ्रेताराबारे ग्रिकका वैज्ञानिक डेमोक्रिटस र इपिक्युरसले व्यक्त गरेका विचारमा केन्द्रित थियो । ‘द डिफरेन्स् विटविन द डेमोक्रिटियन एण्ड इपिक्युरियन फिलोसोफी अफ नेचर’ शीर्षकको थेसिस लेखेबापत उनलाई सन् १९४१ मा डाक्टर अफ फिलोसोफीको उपाधि प्रदान गरिएको थियो ।
तथ्य नं. ३
शास्त्रीय विद्वानजस्तै कार्ल मार्क्स पनि कला, साहित्य तथा संगीत भनेपछि हुरुक्कै हुन्थे । आफू जवान हुँदादेखि नै मार्क्सले नाटक लेख्ने गर्दथे भने उनले पछि आफू नाट्य समालोचक हुने कुरा पनि गर्दथे । उनले करीव १५ वटा जति कविता पनि लेखेका थिए जसमध्ये धेरै जसो आफ्नी जीवन संगिनी जेनी मार्क्सप्रति समर्पित थिए र उनका अनन्य मित्र एंगेल्ससँगसगैं कविता पनि लेख्ने गर्दर्थे ।
तथ्य नं. ४
कार्ल मार्क्स आफ्नो परिवारप्रति निकै बफादार तथा प्रतिबद्ध थिए । आफ्ना परिवारका सदस्यका साथै मित्रहरुसँग निकै खुशी तथा आत्मीयताका साथ रहने हुनाले मार्क्सलाई सबैले निकै माया गर्दथे । उनको यस्तो मायालु तथा प्रीतिकर स्वभावका कारण परिवार तथा साथीभाइले काले भनेर पनि सम्बोधन गर्दथे किनभने उनको छाला कालो थियो ।
तथ्य नं. ५
रमाइलो तथा हाँसीमजाक गर्ने र असल स्वभावका मार्क्सको स्वास्थ्य भने त्यति राम्रो थिएन । उनलाई कलेजोको समस्याका साथै बाथको पनि समस्या थियो । निन्द्रा नलाग्ने, टाउको दुख्ने र शरीरमा बारम्बार खटिरा देखिने रोग पनि उनीसँग थियो । शरीरको तल्लो भागमा देखिने खटिरा निकै दुख्ने गर्दाले उनलाई कहिलेकाहीं बस्न तथा आराम गर्न निकै कठिनाई हुने गर्दथ्यो । एकपटक यस्तै दुखाईका कारण आफ्नो महत्वपूर्ण किताब पुँजी लेख्ने कामलाई पनि थाति राखेका थिए । शरीर अति दुख्दा उनले आर्सेनिक वा ओपियमलाई पेन किलरका रुपमा प्रयोग गर्ने गर्दथे ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment