काठमाडौंं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विभिन्न १० वटा सम्झौतामा हस्ताक्षर भए पनि इन्धन व्यापार सम्झौतामा भने सम्झौता हुन सकेन । तर नेपाली र चिनियाँ पक्ष पूर्वाधार तयार पारी चाँडै इन्धन व्यापार सम्झौता गर्न तयार भएका छन् ।
प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तामा चिनियाँ समकक्षी ली खछयाङले नेपालसँग तेल व्यापार गर्न चीन तयार रहेको बताउनुभएको छ । नेपालको आवश्यकताको एक तिहाई इन्धन दिन यसअघि नै चीन तयार भइसकेको छ । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा भएका १० बुँदे सम्झौतामा इन्धन व्यापार गर्ने भन्ने विषय उल्लेख छैन ।
तर नेपाल र चीनबीच तेल व्यापारका लागि पूर्वाधार तीव्र बनाउने सहमति भएको र संयुक्त वक्तव्यमा यस सम्बन्धी प्रतिबद्धता आउने अधिकारीहरुले बताएका छन् ।
दुई मुलुकका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्रीले नै नेपालसँग पेट्रोलियम पदार्थको व्यापार गर्न तथा तेल र ग्यास उत्खननु र प्रशोधनमा सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पेट्रोलियम पदार्थ व्यापारका विषयमा सम्झौता हुन नसक्नुको खास कारण भने ढुवानीको समस्याले गर्दा भएको बताइएको छ । नेपालमा ल्याउने तेल कस्तो, कहाँबाट, कसरी र कुन मूल्यमा दिने भनेर मिलाउन थप समय लाग्ने भएका कारण पनि सम्झौता हुन नसकेको हो । तेलको ढुवानी, मूल्य र भण्डारण व्यवस्थापन गरिसकेपछि मात्र सम्झौता गर्ने गरी अहिले तयारी तिव्र बनाउने सहमति भएको बताइएको छ ।
चीनसँग तत्काल इन्धन व्यापारको सम्झौता नभए पनि पारहन यातायात सम्झौताले चीनको बन्दरगाहा भएर तेस्रो देशबाट तेल वा अन्य व्यापार गर्न नेपाललाई ढोका भने खुलेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment