८ चैत, लम्जुङ । नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारी लम्जुङ पुगेका छन् । लम्जुङको लेउरानी टोलको मंगली तामाङको घरमा ह्यारी बस्ने प्रवन्ध मिलाइएको छ ।
उनका पति ब्रिटिश आर्मीमा थिए । त्यतिबेला मंगलीका श्रीमान बेलायतमा युद्ध लडेका थिए । उनी श्रीमान स्वर्गे भइसके । ८७ वर्षीया मंगली श्रीमानको पेन्सनबाट जीबन गुजारा गरिरहेकी छन् । त्यहि पेन्सनको पैसाले राजकुमार ह्यारीलाई खुवाउन भनेर उनले लोकल भाले र ढिँडो जोहो गरेकी छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण भ्याएर सोमबार ह्यारी लमजुङ पुगिसकेका छन् । ह्यारी सवार नेपाली सेनाको हेलिकोप्टर गौंडा गाउँको भीरकुनामा अवतरण गरेको थियो । त्यहाँबाट करिब एक डेढ घन्टा पैदल हिँडेर उनी लेउरानी टोलमा अबस्थित मंगली तामाङको घरमा पुग्नेछन् ।
सेतो टीका लगाइदिएर स्वागत
भिरकुना गैरा-४ मा मौलिक भेषमा सजिएका स्थानीय गुरुङ समुदायले सेतो टीका लगाइदिएर राजकुमार ह्यारीको स्वागत गरे । उनले विनाशकारी भूकम्पले क्षति पुर्याएको भूतपूर्व गोर्खा सैनिकका घर र उनीहरुका आफन्तहरुसँग भेटघाट पनि गरे । सोमबार नै ह्यारीले भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भ्रमण गर्ने र सूर्यास्तको दृष्य अवलोकन गर्ने कार्यक्रम छ ।
स्थानीय आमा समूह र युवा क्लबले ह्यारीलाई साँस्कृतिक कार्यक्रम देखाउने तयारी गरेका छन् । बेलायती सैनिक क्याम्प पोखरा र जिल्ला प्रहरीले सुरक्षाको विशेष प्रवन्ध मिलाएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment