Monday, March 21, 2016

कुवेतबाट ८१३ नेपाली फर्काइए, ३४ जना जेलमा

८ चैत, काठमाडौं । कुवेतले अवैधानिक कामदारविरुद्ध धरपकड तीव्र पारेको छ । सन् २०१६ यता कुवेतले ६ हजार विदेशी कामदारलाई देशनिकाला गरेको छ, जसमा ८१३ जना नेपालीहरु पनि परेका छन् ।

अवैधरुपमा कुवेत पुगेका, भागेर रोजगारदाता परिवर्तन गरेका र भिसा अवधि सकिएर पनि उतै बसिरहेका ८१३ नेपालीलाई कुवेतले निश्काशन गरेको कुवेतस्थित नेपाली दुताबासले जनाएको छ ।

यसरी डिपोट गरिएकाहरुमा आपराधिक मुद्दा खेपिरहेकाहरु भने परेका छैनन् । दूतावासका अनुसार ३४ जना नेपालीहरु कुवेतको जेलमा छन् । उनीहरु तोकिएको सजायँ भुक्तान गरेर मात्रै स्वदेश फर्किन पाउनेछन् । कुवेतमा वैधानिक बन्न धेरै रकम खर्च गर्नुपर्ने भएपछि अहिले प्रहरीमार्फत पक्रिएर स्वदेश फर्किने बढेका हुन् ।

गैरकानुनी विदेशी कामदारलाई २ लाख रुपैयाँसम्म बुझाएपछि कानुनी रुपमा पुनदर्ता गर्न सकिने कुवेत सरकारको नीति छ ।

अढाइ महिनामा ८१३ लाई डिपोट

जनवरी महिनामा ३१८ जना नेपाली कामदारलाई कुवेतले डिपोट गरेको छ त्यसैगरी फेबु्रअरीमा ३५६ जना अवैध नेपाली कामदारलाई घर फर्काइएको छ । मार्च महिना लागेयता मात्रै १३९ जना नेपाली कामदार फिर्ता भएको नेपाली दुताबासले अनलाइनखबरलाई जानकारी दियो ।

कुवेतले आममाफी प्रक्रियमा सहभागी नभई लुकेर हिँड्ने अवैध नेपालीलाई पक्राउ गरेर फिर्ता पठाएको हो । कुवेतमा ४ हजार भन्दा बढी नेपाली अझै अवैधानिकरुपमा बसिरहेको दुताबासको अनुमान छ ।

नयाँ वर्षदेखि सामान्य आममाफी प्रक्रिया सुरु गरेको सरकारले पछिल्लो समयमा अवैधानिकलाई पक्राउ गर्ने क्रम तीव्र पारेको छ । यो बीचमा कुवेतबाट विभिन्न देशका ६ हजार अवैधानिक कामदार स्वदेश फर्किएका छन् ।

पक्राउ परेका अवैध कमादार स्वदेश फर्किएपछि पुनः कुवेतमा कामका लागि जान पाउँदैनन् । सरकारसँग आत्मसर्पण गरेमा भने गैरकानुनी कामदारलाई आममाफीको प्रक्रिया अघि बढाइनेछ । आत्मसमर्पण गर्नेहरुलाई फेरि कुवेत जान पनि समस्या हुनेछैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment