८ चैत, लमजुङ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारी पदयात्रापछि गुरुङ समुदायको घनाबस्ती रहेको भिरकुना गाउँ आइपुगेका छन् ।
राजकुमार ह्यारीले गौंडा गाविस वडा नं ४ भिरकुनाबाट वडा नं ७ को लेउरानी गाउँसम्म एक घन्टाको पदयात्रा गरेका छन् । गुरुङ समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै पदयात्रामा सहभागी भएका हुन् ।
राजकुमार ह्यारीसहितको टोली होमस्टेमा बसेका छन् । ह्यारी गाउँमा पुग्दा स्थानीय गुरुङ परम्परानुसार फेटा बाँधेर, चामलको सेतो टीका र फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए ।
उनले ८८ वर्षीया मङ्गली तामाङका घरमा बनाइएको कोदाको ढिँडो, स्थानीय कुखुराको मासु, गोलभेँडाको पिरो अचारसहितको परिकार खाए । ‘मैले अफगानिस्तानमा गोर्खा सैनिकसँग रहँदा पिरो अचार खाएको थिएँ, पिरो अचारले शरीर तात्छ, आज यहाँ पानी परेर चिसो भएकाले अरु स्थानीय परिकारसहित गोलभेँडाको पिरो अचार मलाई विशेष स्वादिलो लाग्यो’–ह्यारीले भने ।
यसअघि त्यहाँ गुरुङ परम्परानुसार देखाइएको घाँटु र तामाङ नाचमा ह्यारी पनि नाचेका थिए । ह्यारीले वडा नं ७ को लेउरानी गाउँमा पुगेर दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेका गोर्खा सैनिक गञ्जुराम तामाङकी ८८ वर्षीया धर्मपत्नी मङ्गलीलाई भेटे । ‘आफूले यसरी बेलायतका राजकुमारलाई भेट्छु भन्ने सोचेको थिइन, भेट भयो, साह्रै खुसी लागेको छ’– मङ्गलीले भनिन् ।
भेटमा मङ्गलीले ह्यारीसँग आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले औषधोपचार र भूकम्पले क्षति पु¥याएको घर निर्माणका लागि सहयोगको अपेक्षा गरिन् ।
ह्यारीले गोर्खा कल्याणकारी कोषमार्फत सहयोग पुर्याउने वचन दिए ।
#HarryinNepal is enjoying a cultural show, wearing a “feta” which traditionally recognises the head of the village pic.twitter.com/XEttXoL8iB
— Kensington Palace (@KensingtonRoyal) March 21, 2016
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment