काठमाडौं, ८ चैत । पहिलोपटक नेपाल र चीनबीच १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।
चीनको राजधानी बेइजिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्याङको उपस्थितीमा ऐतिहासिक सम्झौता भएको हो ।
नेपालसँग द्विपक्षीय सम्झौता गरेपछि आफ्नो धारणा राख्दै चीनका प्रधानमन्त्री खछ्याङले चीनले नेपालमा आर्थिक समृद्धी र राजनीतिक स्थायित्व हेर्न चाहेको बताए । चिनियाँ विदेश मन्त्रालयकी एसिया सहायक निर्देशक हो यन्सीले सम्झौतापछि प्रधानमन्त्री खछ्याङले नेपालमा राजनीतिक स्थायित्व र विकास हेर्न चाहेको र त्यसका लागि जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको सञ्चारमाध्यमलाई जानकारी दिएकी छन् ।
प्रधानमन्त्री खछ्याङले नेपालमा बनेको संविधान र संविधान निर्माणको प्रक्रियाको पनि प्रशंसा गरेका छन् । जवाफमा प्रधानमन्त्री ओलीले आफूहरुले संक्रमणकाल पार गरिसकेको र अब राजनीतिक स्थायीत्व हुने र विकास निर्माणलाई प्राथमिकतामा राखेको बताएको प्रमका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
ओलीले आफ्ना समकक्षीसँग नेपाली भूमिबाट चीन विरोधी गतिविधी हुन नदिने पनि बताएका थिए । उनले चीनसँग नेपाल र चीनबीचको रेलमार्ग र नेपाल भित्रै पनि रेलमार्ग विस्तारका लागि पनि आग्रह गरेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment