काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा स्वतन्त्र व्यापारलगायत १० वटा सम्झौता भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लि खछयाङसँग भेटवार्ता गरेपछि १० वटा महत्वपूर्ण सम्झौता भएको हो । चीनमा भएका सम्झौतामध्ये पारवहन र स्वतन्त्र व्यापारको सम्झौतालाई सबैभन्दा महत्वपूर्ण मानिएको छ । भारतले इतिहासदेखि अहिलेसम्म नेपालमाथि पटकपटक नाकाबन्दी गरी अप्ठ्यारो पार्दै आएको अवस्थामा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको यो सम्झौतालाई ऐतिहासिक मानिएको छ ।
यसअघि पनि चीनसँग पारवहन सम्झौताको प्रयास भने नभएका होइनन् । तर चीनसँग जसले पारवहन सम्झौताको प्रयास गरेका थिए, त्यसको बदलामा सरकार र राजनीतिक व्यवस्था नै परिवर्तन हुँदै आएका थिए । तत्कालीन राजा महेन्द्र र वीरेन्द्रका पालामा पनि चीनसँग पारवहन सम्झौताको प्रयास भएको थियो । तर चीनसँगको निकट सम्बन्धलाई अवरोध गर्न प्रयोग गरिएका भूराजनीतिक अस्त्रले नेपालमा सरकार मात्र होइन राजनीतिक व्यवस्था नै परिवर्तन हुँदै आएका थिए ।
तर प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा यो सम्झौता हुनुलाई ऐतिहासिकक उपलब्धी मानिएको छ । भारत बाहेक अर्को मुलुकसँग यस्तो सम्झौता नहुँदा नेपाल सधैं भारतकै भर पर्नुपर्ने अवस्था थियो । भारतले पनि नेपाललाई सधैं हेपाहा दृष्टिकोणले हेर्दै आएको थियो । अब चीनसँग यो सम्झौता भएपछि नेपाल र चीनबीच स्वतन्त्र व्यापारको बाटो पनि खुलेको छ । त्यसैगरी दुई देशबीच सडक सञ्जाल पनि विस्तार हुने भएका छन् ।
यस्तै नेपालमा चिनियाँ र चीनमा नेपाली बैंकले शाखा सञ्चालन गर्न पाउने भएका छन् । प्रधानमन्त्रीले विभिन्न तहमा चीनसँग १० वटा सम्झौता गरे पनि नेपालका प्रमुख तीन स्थानमा पेट्रोलियम भण्डारण बनाउन चीनले सहयोग गर्ने भएको छ । केरुङदेखि लुम्बिनीसम्मको रेलमार्ग बनाउने तयारी पनि चीनले गरेको छ । जसले नेपालको विश्व बजारमासम्मको पहुँच स्थापना गर्न पाउने छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment