काठमाडौं, ८ चैत । नेपाल र चीनबीच सोमबार १० वटा सम्झौता भए । जसमा पारबहन महत्वपूर्ण थियो ।
तर, अर्काे निकै महत्वपूर्ण विषय भने छुटेको छ । त्यो हो इन्धन आयात सम्झौता । यो सम्झौता भएको भारतको एकाधिकार पुरै तोडिन्थ्यो । फेरि नाकाबन्दी गरेपनि नेपाललाई असर कम पर्थ्यो । तर, अन्तिम समयमा नेपालले चीनसँग इन्धन सम्झौता गरेन् ।
चिनियाँ पक्षले पनि नेपालसँग इन्धन सम्झौतामा गर्न चाहेका थिए । तर, भारतको पाँच महिने लामो नाकाबन्दीकाबीच निकै आश गरिएको बहुप्रतिक्षित इन्धन आयात सम्बन्धी सम्झौतामा भने हस्ताक्षर हुन सकेन ।
इन्धन सम्झौतामा हस्ताक्षर भएको भए इन्धनको एकतर्फी निर्भरता कम हुने थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार निकै बहसमा आएको उक्त विषयमा नेपाल सरकार नै पछि हटेपछि सम्झौता हुन नसकेको हो ।
भारतीय नाकाबन्दीको समयमा चीनले नेपाललाई इन्धन उपलब्ध गराउन सक्छ भन्ने सन्देश दिनको लागि १३ लाख लिटर इन्धन सहयोग स्वरुप उपलब्ध गराएर व्यवसायीक डिल गर्न खोजेको थियो । तर, नेपाल सरकार आँफै पछि हटेको कारण यो निर्णय हुन सकेन ।
यो सम्झौता नहुनुमा भारतको हात रहेको बताइन्छ । सार्क सम्मेलनका बेला नेपाल आएका भारतका विदेशसचिव एस जयसंकर र विदेशमन्त्री सुष्मा स्वराजको दबाबले यो सम्झौता नभएको हो की भन्ने प्रश्नहरु पनि उठेको छ । यसको वास्तविक कारण विस्तारै बाहिर आउने छ तर, ओली सरकारमाथि जनताले भारतको नाकाबन्दी बदला लिन पनि चीनसँग इन्धन आयात सम्झौता गर्छ भनि राखेको भरोसा लत्याइएको छ ।
के–के सम्झौता भयो ?
☞१. पारवहन सम्झौताः नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर
☞२. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने
☞३.पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता
☞४. २५ प्रतिशत विना ब्याजको अनुदान
☞५. एक्जिम बैंकको ऋण
☞६ ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता
☞७. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारीः यो समझदारीपछि नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले सहयोग गर्नेछ ।
☞८. स्वतन्त्र व्यापारसम्वन्धी सम्झौताः यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख छ ।
☞९. बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौताःएक अर्को देशमा बैंकको शाखा खोल्ने
☞१०. हिल्सामा पुल निर्माण
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment