काठमाडौँ, भदौ, १६ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको दशौँ राष्ट्रिय दिवसको अवसरमा आजदेखि सप्ताह व्यापी कार्यक्रम सुरू भएको छ ।
दिवसको यस वर्षको नारा ‘एउटै लक्ष्य एउटै सार मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार’ भन्ने रहेको छ । सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित ‘महिला तथा बालबालिका तथा बेचबिखन विरूद्धको सार्क महासन्धि, २००२’ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका–संसद्बाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा प्रत्येक वर्ष आजका दिन यो दिवस मनाइदै आएको छ ।
सप्ताहव्यापी कार्यक्रम मनाउने क्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन नेपाल नामक संस्थाले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्र्रियामा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले दिवसलाई भव्यताका साथ सफल बनाउन अपिल गरे ।
दिवस अवधिभर बेचबिखनसम्बन्धी ऐन÷कानुन, बेचबिखन अन्त्यका उपाय, बेचबिखनको अवस्थाका बारेमा सरोकारवालासँग अन्तक्र्रिया गरिनेछ ।
त्यसैगरी स्थानीय स्तरमा पनि भव्यताका साथ चेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने भएको छ । भदौ २० गते बिहान ८ बजे भृकुटीमण्डपबाट र्यालीको आयोजना गरिने छ । रासस
from Nepal123.com - मानव बेचबिखन विरूद्ध सप्ताहव्यापी कार्यक्रम
No comments:
Post a Comment