Thursday, September 1, 2016

राहदानी शुल्क घट्यो

१६ भदौ, काठमाडौं । सरकारले मलेसिया तथा मध्यपूर्व एसियाका देशहरूमा रहेका नेपालीहरूलार्इ राहदानी शुल्क घटाएको छ ।

MRPमन्त्रिपरिषद्को बिहीबारको बैठकले मलेसिया तथा मध्यपूर्व एसियाका देशहरू कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी शुल्क घटाएको हो ।

यसअघि ती मुलुकमा रहेका नेपालीले राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए ।  त्यसलाई घटाएर ५० डलर कायम गरिएको हो ।

वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ ।



from Nepal123.com - राहदानी शुल्क घट्यो

No comments:

Post a Comment