
नेपाली चलचित्र बृन्दाबन बाट डेब्यु गरेका नब नायक दिपेन्द्र केसी नेपाली चलचित्रमा एक सम्भावाना बोकेर आएका नब नायक हुन l नब नायाकको रुपमा उदाएका दिपेन्द्र हेर्दा पनि आकर्षक,चकलेटी र सुगठित शरीरका धनि छन l सल्यान लेखपोखरामा जन्मिएका नायक दीपेन्द्र अभिनय, नृत्य र एक्सनमा पोख्त भएको कारणले गर्दानै चलचित्रमा राम्रो काम गर्न सकेका हुन l सानै देखि नायक बन्ने सपना बोकेका दिपेन्द्र भविष्यमा नेपाली रंगिन संसार अर्थात सिने नगरीमा एक उज्वल नक्षत्रको रुपमा उदाउनेमा दुइमत छैन l नेपाली चलचित्र क्षेत्रमा फेरि चलचित्र ‘बृन्दाबन ’बाट सम्भावना बोकेका एक नवनायक थपिएका छन् दिपेन्द्र प्रकाश केसी ।
नेपाल अधिराज्य भर भदौ १७ गते शुक्रबार देखि प्रदर्शन हुने चलचित्र बृन्दाबनको मुख्य विशेषता भनेको विशुद्ध प्रेमकथा, एक्शन तथा साइन्स एण्ड फिक्सनलाई आधारमा निर्माण गरिएको नेपाली कथानक चलचित्र हो । चलचित्रको आधा भन्दा बढी दृश्यलाई एनिमेशन गरिएको छ भने नायिका शिल्पालाई एक्सन नायिका मा प्रस्तुत गरिएको छ l राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको यस चलचित्र रुद्र खनालको पहिलो प्रस्तुति रहेको छ । चलचित्रमा बादरले पनि मुख्य भूमिका निभाएको कुरा नायक दीपेन्द्रले बताए ।नायिका शिल्पा पोखरेल फेरि एकपटक एक्सन अवतारमा फर्किएकी छिन् ।साथमा नेपाली चलचित्रमा लामो समयपछि बादरको पनि विशेष भूमिका हेर्न सकिनेछ । चलचित्र ‘वृन्दावन’मा नवनायक दीपेन्द्र प्रकाश केसीको साथमा शिल्पा पोखरेल, किशोर खतिवडा र पुस्कर भट्टले साथ दिएका छन् l
नायक दिपेन्द्र भन्छन चलचित्र बृन्दाबन एकदमै फरक धारमा बनेको नारि प्रधान, एक्सन र प्रेम कथाले भरपुर भएको चलचित्र भएको कारणले नेपाली चलचित्र प्रेमी हरुको मन जित्न सफल हुनेछ l साथै चलचित्र बृन्दाबन लाइ चलचित्र भवन सम्म गई हेरेर माया गरिदिनु हुन र सल्लाह सुझाब दिन पनि नब नायक दिपेन्द्र प्रकाश केसी आग्रह गर्दछन l
from Nepal123.com - चलचित्र बृन्दाबन बाट सम्भावाना बोकेर आउदै नब नायक दिपेन्द्र प्रकाश केसी

No comments:
Post a Comment