मतदाता १५ सय, उम्मेदवार ७ सय
५ फागुन, काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलन उदघाटन भएको एक सातापछि नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु हुँदैछ । केहीबेर अघि मतदानस्थलमा लामा र गौतम पक्षबीच झडप भएको छ । झडपमा नवलपरासीका विष्णु पौडेल घाइते भएका छन् ।
निर्वाचन समितिले प्रज्ञा भवन कमलादीमा मध्यान्ह १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेपनि झडपका कारण सुरू हुन सकेको छैन ।
मंगलबार साँझ पनि प्रचारका क्रममा लामा र गौतम पक्षबीच झडप भएको थियो । तत्कालै प्रहरी पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।
कतिपय उम्मेदवारलाई प्रतिपक्षीबाट सुरक्षा थ्रेट भएको भन्दै सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ ।
मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नयाँ नेतृत्व चयनका लागि १ हजार ५ सय ९७ जना प्रतिनिधिले मतदान गर्नेछन् । केही प्रतिनिधि चयनमा विवाद भएपछि निर्वाचन प्रक्रिया सुरु हुन सकेको थिएन ।
अध्यक्ष पदमा संस्थापन पक्षकी नविना लामा र माधव नेपाल पक्षका दीपक गौतमले दाबी गरेका छन् । उनीहरुले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
महासचिव पदमा लामा पक्षबाट ऐन महर र गौतम पक्षबाट अब्दुल हुसेन खान प्रतिस्पर्धामा छन् ।
मतदाता १५ सय उम्मेदवार ७ सय
कुल १९ सदस्यीय पदाधिकारी, ४१ सदस्यीय सचिवालयसहित १ सय ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचनमार्फत् चयन हुनेछ । यसैगरी १ सय ४६ सदस्यीय राष्ट्रिय परिषद तथा लेखा, अनुशासन र निर्वाचन गरी तीन आयोगमा ४५ सदस्यीय समिति चयन हुनेछन् ।
कुल ३३५ पदका लागि करिब ७ सयजनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारहरु धेरै भएपछि ८ पेज लामो मतपत्र बनाइएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment